जनकपुरधाम, भदौ २२ गते । धनुषाको नगराईनमा दुई किशोरी मृत अवस्थामा फेला परेको छ ।
नगरपालिका वडा नम्बर ६ स्थित विर्ता चौरीमा मँगलबार दिउँसो तिनीहरुको शव बेवारिस अवस्थामा फेला परेको बुझिएको छ । गाउँलेहरु खेत तर्फ जाँदा दुई किशोरी मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मृतकहरुमा धनुषाको नगराईन नगरपालिका वडा नम्बर ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ बर्षिय छोरी पूजा महरा र वार्ड ७ मा बस्दै आएकी बर्ष १९ की आरती कुमारी महरा रहेकी छिन ।
प्रहरीले मृतकहरुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ भने शवको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !