जनकपुरधाम, भदौ २० गते । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालबाट प्रतिनिधिसभातर्फ बरिष्ठ नेता राजेन्द्र महतोको एकल नाम सिफारिस गरिएको छ ।
सोमबार लोसपा नेपालकाे बसेको क्षेत्रीय कमिटीको बैठकबाट पार्टीका प्रत्यक्षतर्फ बरिष्ठ नेता महतोकै धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकल नाम सिफारिस गरिएको हो ।
यसअघि २०७४ को निर्वाचनमा महतो धनुषा क्षेत्र नं. ३ बाटै कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिभिसभा सदस्यमा निर्वाचित भएका थिए ।
महतोले उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निधिभन्दा ३ हजार २२ बढी मत ल्याई निर्वाचित भएका थिए । धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेले जुलीकुमारी महतो र नेपाली कांग्रेसले परमेश्वर महासेठको नाम सिफारिस गरिसकेको छ ।
प्रदेश सभातर्फ क्षेत्र नं. ३ (२) बाट पुन: परमेश्वर साहकाे नाम सिफारिस गरिएकाे हाे ।
त्यस्तै प्रदेशसभा क्षेत्र ३(१) मा रोहित कुमर चौधरी, कबिन्द्र नाथ ठाकुर, श्याम कुमार मिश्र, शिव शंकर पासवान र उर्मिला मंडलकाे नाम सिफारिस गरिएकाे छ भने प्रदेशसभा क्षेत्र ३(२) मा परमेश्वर साह सहित कामेसवर झा, सन्जय कुमार चौधरी र दिपक कुमार झाकाे नाम पनि सिफारिस गरिएकाे जनाइएकाे छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !