जनकपुरधाम, भदाै १८ गते । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरुकाे नाम समेत सिफारिस गरिएकाे छ ।
प्रजातन्त्रवादी चिकित्सक संघले चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका जनकपुरधामका चर्चित चिकित्सक डा. अजय शाह सहित ७ जना चिकित्सकहरुलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले सातै जना चिकित्सकलाई उम्मेद्वार बनाउन बनाउन पार्टी सभापती शेरबहादुर देउवालाई नामावली सहित सिफारिस गरेको हो।
अप्पन डेन्टल चेम्बर्सका संचालक डा. अजय शाहकाे नाम प्रदेश सभा प्रत्यक्ष तर्फ धनुषा-४ मा सिफारिस गरिएको जनाइएकाे छ।
त्यस्तै डा. केदार नरसिंह केसीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ बाट, डा मुक्तिनाथ श्रेष्ठलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ अर्घाखाँचीबाट, डा मोदनाथ मरहठ्ठालाई प्रदेश साभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोरखा २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
यस्तै डा अन्जनीकुमार झालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महोत्तरी ४ बाट, डा सन्तोष उपाध्यायलाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अछामबाट र डा मनोहरदिन सैयदलाई प्रतिनिधि सभा समानुपातिक तर्फ काठमाडौं-६ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !