Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पठन पाठन नहुँदा विद्यालय गोठमा परिणत, शिक्षकहरु बसेरै तलब खांदै


पठन पाठन नहुँदा विद्यालय गोठमा परिणत, शिक्षकहरु बसेरै तलब खांदै

लहान, भदौ १७ गते । सिरहाको सिरहा नगरपालिका–९ रामनगर गुलरियास्थित एक आधारभूत विद्यालयमा वर्षौदेखि पठन पाठन नहुँदा हाल बाख्रा बांध्ने गोठमा परिणत भएको छ ।

ती आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो । पठन पाठन नभएपनि ती विद्यालयका शिक्षकहरूले वर्षैदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका सो विद्यालयमा पाँच जना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् ।

कक्षा पाँचसम्म पढाइ हुने सो आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एक जना पनि विद्यार्थी भर्ना नहुँदा पालिका शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ । पठन पाठन नै नहुँदा गाउँलेहरु अहिले त्यहाँ बाख्रा सहितका गाईवस्तु बांधेर गोठमा परिणत गरेका छन ।

वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताए । उनका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैँसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ । विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको स्थानीय रामजतन यादव बताउँछन् । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार यादवले अभिभावकहरूले नै विद्यार्थी नपठाएपछि विद्यालय खाली भएको बताए । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोनाभाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन् भन्छन । उनले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए । उनले थपे, ‘अब फेरि चुनाव आउँदै छ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिक सत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताए ।

विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रुपमा निकासा हुँदै आएको पाइएको छ । चालु शैक्षिकसत्रमा एक जना विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रूपमा निकासा भएको श्रोतको भनाई छ ।

२०७६/०७७ मा विद्यार्थी भर्ना नभए पनि सबै रकम निकासा भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृत्तिबापत १८ हजार ४००, दलित छात्रवृत्ति ४ हजार ४००, पाठ्यपुस्तकबापत १२ हजार ९८४ रुपैयाँ पठाएको छ ।

२०७५/०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २००, दलित छात्रवृत्ति १२ हजार र पाठ्यपुस्तकबापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ । पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जनाए ।

अहिले पनि प्रधानाध्यापक श्याम कुमार, भुवनेश्वर यादव र सावित्री शर्माको सरुवा भए पनि उनीलगायत ३ जना शिक्षक बसेर तलब खाइरहेका प्रमुख यादवले बताए । उनका अनुसार लामो समयदेखि रहेको विद्यालयको समस्या समाधान गर्ने प्रयास गर्दा पनि सुधार्न सकिएन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र १७, शुक्रबार १९:०८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र १७, शुक्रबार १९:०८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र १७, शुक्रबार १९:०८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र १७, शुक्रबार १९:०८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र १७, शुक्रबार १९:०८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ भाद्र १७, शुक्रबार १९:०८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव