Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध रुपमा संचालित नैना हस्पीटलमा नवजात शिशुको मृत्यु : डाक्टर नै बिचौलिया


अवैध रुपमा संचालित नैना हस्पीटलमा नवजात शिशुको मृत्यु : डाक्टर नै बिचौलिया

जनकपुरधाम, भदौ १६ गते । मधेश प्रदेशका राजधानी जनकपुरधाममा अवैध रुपमा संचालनमा रहेका दर्जनौ अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गइरहेको छ । सम्बन्धित निकायको लापरवाहीका कारण जनकपुरधाम क्षेत्रमा मापदड विपरित सञ्चालित निजी अस्पतालहरुमा चिकित्सकको लापरवाही र अदक्ष सेवाले बिरामीको मृत्यु मात्र होइन रकम लुटने गरेका छन ।

यस्तै अवैध अस्पतालमा मध्येका एक जनकपुरधामको जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटल । जहाँ बुधवार एक नवजातको शिशुको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा जन्मेका ती शिशुको प्रादेशिक अस्पतालकै एक चिकित्सकले गरेको बिचौलियाको भूमिकाले ज्यान गुमाउनु परेको हो ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीको प्रादेशिक अस्पतालमा अपरेशन गरी बच्चा निकालियो । अपरेशन पश्चात प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले शिशुको अवस्था गम्भीर रहेको भनी चंचलाका श्रीमान रविन्द्र मण्डललाई एनआईसीयूमा राख्न सुझाव दिए ।

डा. मण्डलले एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली छैन रामानन्द चोक स्थित डा. बृजमोहन रजकले संचालन गरेको नैना हस्पीटलमा राख्न जान दवाव दिए । जबकि सो दिन प्रादेशिक अस्पतालमा पनि एनआईसीयू बेड खाली नै रहेको छ ।

प्रादेशिक अस्पतालमा एनआईसीयू बेड खाली हुँदाहुँदै पैसा कमाउने लोभमा डा. मण्डलले आफू स्वयं कार्यरत सो अस्पतालमा ती नवजात शिशुलाई पठाई दिए । नैना हस्पीटलमा त पठाई दिए तर चिकित्सककै लापरवाहीका कारण ती नवजात शिशुलाई ज्यान गुमाउनु परयो ।

‘डाक्टरलाई शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दागर्दै डा. मण्डलले अवस्थामा सुधार आइरहेको छ कहीं जानु पर्दैन भन्दै आएको थियो । तर एक्कासी बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं पिडीत रविन्द्रले संचारकर्मीसँग कुरा गर्दै दुखेसो सुनाए ।’ चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा ३२ हजार रुपैयाँको बिल बनाएर अन्ततः आफ्नो सन्तानलाई मारेको रविन्द्रको दाबी छ ।

घटना सम्बन्धमा डाक्टर अभय मण्डलले आफूले नै नैना हस्पीटलमा जान सुझाव दिएको स्वीकार गर्दै भने बच्चाको हार्टबीट कम रहेको कारण प्रादेशिक अस्पतालमा एनआईसीयू खाली नभएकाले पठाएको थिए । नैना हस्पीटलमा एनआइसियूमा राखेर उपचार गरेर शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’

स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा कम्पनी रजिष्टारका साथै बेड संख्याको आधारमा स्थानीय तह, प्रदेश वा संघमा दर्ता गरेर मात्र संचालन गर्नुपर्ने प्रावधान छ । तर जनकपुरधाममा दर्जनौ यस्ता अस्पताल छन जुन कम्पनी रजिष्टरामा त दर्ता छन तर अधिकार प्राप्त स्वास्थ्य निकायमा दर्ता छैनन । जसमध्ये नैना हस्पीटलमा पनि एक हो ।

डा.बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्रालि ५० शैयाको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ । नियमतः सो अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखामा दर्ता हुनुपर्ने हो । तर दर्ता नगरीकनै संचालन गर्दै आएका छन ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यो अस्पताल सञ्चालित छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनैपनि कागजात आफू कहाँ आएको छैन् । अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन् ।’

यस सम्बन्धमा अस्पतालका सञ्चालक डा. बृजमोहन रजकले आफूहरु हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको १६ महिना बितेपनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने भनेर पन्छिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०७९ भाद्र १७, शुक्रबार ०१:०८
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०७९ भाद्र १७, शुक्रबार ०१:०८
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०७९ भाद्र १७, शुक्रबार ०१:०८
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०७९ भाद्र १७, शुक्रबार ०१:०८
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०७९ भाद्र १७, शुक्रबार ०१:०८
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०७९ भाद्र १७, शुक्रबार ०१:०८

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव