जनकपुरधाम, भदाै १५ गते । धनुषाकाे ईनर्वा रेलवे स्टेशनबाट प्रहरीले तीन जनालाई दुई बालिकालाई बेचबिखनका लागि भारत लग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर टोल बस्ने २६ वर्षीय रूपेश कुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
जनकपुरधाम–जयनगर रेल मार्ग हुँदै दुई बालिकालाई भारत बेच्न लगिरहेकाे गाेप्य सुचनाकाे आधारमा खजुरी प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टाेली तिनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।
उनीहरुले दुबै बालिकाहरूलाई डेराबाट ललाई फकाई ईनर्वा रेल्वे स्टेशन हुँदै भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लग्न ईनर्वा रेलवे स्टेशनमा रेलकाे प्रतिक्षामा बसिरहेकाे बेला बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !