जनकपुरधाम, भदौ १२ गते । रेलवे पिडीतहरूले उचित मुआब्जाको माग गर्दै जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा धर्ना दिएका छन ।
रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको उचित मुआवजाको माग गर्दै महोत्तरी बर्दिबास १४ का पीडितहरु जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गीकरण दररेट अनुसारको मुआब्जा दिनुपर्ने माग गर्दै धर्नामा बसेका छन ।
उनीहरुले भने नेपाल सरकारद्वारा गठित मुआब्जा समिति जिल्ला प्रशासन कार्यालयले हामीहरुको जग्गाको १५ लाख प्रति कट्ठाको दरले कायम गरेका छन तर कर्मचारीहरुले मनपरीमा रुपमा मात्र १० लाख रुपैयाको दरले दिन खोजेको आरोप लगाएका छन ।
पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक समक्ष कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्पनीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिएर पन्छिन खोजेको आरोप लगाए ।
जयनगर—जनकपुरधाम—बर्दिबास रेल सेवाको बर्दिबास स्थित निर्माण हुन लागेको स्टेशनका लागि विभागका कर्मचारीहरुले आपसी मिलामतोमा नेपाल सरकारबाट निर्धारण गरिएको दररेट भन्दा कम मूल्यांकन भएका बढी र बढी मूल्यांकन भएकालाई कम रकम दिइरहेको आरोप रेलवे पिडीत संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले आरोप लगाएका छन ।
यता महाप्रबन्धक झाले जग्गा मुआब्जा रकम दिने वा निर्धारण गर्ने भन्ने कुरा आफ्नो अधिकार क्षेत्र बाहिर रहेकाले पीडितहरुले राखेको धारणालाई विभागमा पु¥याइदिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
करिब ५० जना परिवार मध्ये २० जना जग्गाधनी निर्धारित मुआब्जा विपरित १५ लाख रुपैयाँ प्राप्त गरिसकेका छन ५/६ विग्घाका जग्गाधनी मध्ये १० जना जतिलाई १० लाख रुपैयाको दरले मुआब्जा दिइसकिएको छ भने २५ जनाले अन्यायमा परेको भन्दै सो रकम लिन अस्वीकार गर्र्दै निर्धारित रकमको माग गर्दै धर्नामा बसेका छन ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा निर्माण हुने रेलवे संरचनाकाे पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा रहेकाे छ । दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !