जनकपुरधाम, भदौ १२ गते । नागरिकता विधेयक प्रमाणीकरणको मांग गर्दै राष्ट्रपति विद्यादेवी विरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी (तमलाेपा) ले जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे छ ।
आइतवार विभेदी मानसिकताको खोल पोल मूल नाराका साथ आयोजित हल्लाबोल कार्यक्रम मार्फत तमलोपाले जनकपुरधामको जनक चोकमा नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी जनताको नभई एमाले पार्टीको कार्यकर्ताको बन्न गएको आरोप लगाउंदै राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दाबाद, कुनैपनि नागरिकलाई अनागरिक बनाउन पाउंदैन, जन्मसिद्धका सन्तानलाई नागरिकता देउ लगायतका नाराबाजी गरेका थिए ।
सो हल्लाबोल कार्यक्रमलाई सम्बोधन गर्दै तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताईन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !