जनकपुरधाम, भदौ ८ गते । बजाज कम्पनीको डिस्कवरका मोटरसाइकलको प्रचार प्रसार गर्ने उद्देश्यले जनकपुरधाममा डिस्कवर माइलेज प्रतियोगिता गर्न लागि हुने भएको छ ।
जनकपुरधाम मुजेलिया स्थित बजाज कम्पनी मोटरसाइकलका अधिकृत विक्रेता ओम अटो मोबाइल्सले भदौ ९ गते बिहीवार सो माइलेज प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा बिहान ९ बजेदेखि हुने हुने सो प्रतियोगितामा १ सयभन्दा बढी प्रतियोगीहरुले भाग लिने ओम अटोमोबाइल्सका संचालक संतोषकुमार साहले जानकारी दिएका छन ।
प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई ओम अटोमोबाइल्सले डिस्कवर मोटर साइकल उपलब्ध गराउनुका साथै १ सय एमएल पेट्रोल समेत उपलब्ध गराउने छ । प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार नगद बराबरको उपहार सहित ट्रफी दिइनेछ भने द्वितिय हुनेलाई ५ हजार बराबरको उपहार सहित ट्रफी र ट्रफी र तृतिय हुनेलाई ३ हजार नगद बराबरको जिन्सी सहित ट्रफी पुरस्कार प्रदान दिइने जनाइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गईरहेको अवस्थामा यस प्रकारको प्रतियोगिताले डिस्कवरका मोटरसाइकलप्रति ग्राहकमा विश्वास बढ्ने सेल्स हेड श्रीधर भण्डारीले जानकारी दिए । उनले यो प्रतियोगिता बजाज कम्पनीको माइलेज नाप्ने प्रबिधिबाटै विजेताको निक्र्यौलय लगाइने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !