जनकपुरधाम, भदौ ७ गते । सप्तरीमा तस्करीको सामान बरामद गर्न जाँदा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा भएको दुईतर्फी झडपमा परी तीन जना प्रहरी समेत घाइते जनाइएको छ ।
प्रहरी र स्थानीयबीच भएको झडपको अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन ।
प्रवक्ता काफ्लेले बोर्डर नजिकै रहेको घरमा तस्करीको सामान रहेको सूचना पाएपछि जिल्ला प्रहरीबाट प्रहरीबाट प्रहरीको टोली जाँदा केही तस्करले उल्टै प्रहरीमाथि ढुंगामुढा हुँदा तीनजना प्रहरी घाइते भएको बताए । सोही क्रममा प्रहरीले हवाई फायर गरेको उनले बताए ।
पछि थप प्रहरी पठाएपछि अवस्था नियन्त्रणमा लिएको र मुख्य तस्कर फरार भएको उनले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !