Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री राउतलाई राजीनामा दिन अध्यक्ष यादवकाे निर्देशन, यसै साता नयां मुख्यमन्त्री बन्ने


मुख्यमन्त्री राउतलाई राजीनामा दिन अध्यक्ष यादवकाे निर्देशन, यसै साता नयां मुख्यमन्त्री बन्ने

जनकपुरधाम, भदाै ६ गते । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा दिन निर्देशन दिएका छन्।

एक सञ्चार माध्यमसंग संक्षिप्त कुराकानी गर्दै जसपा अध्यक्ष यादवले राउतलाई राजीनामा दिन निर्देशन दिएको खुलासा गरेका छन । मुख्यमन्त्रीको राजीनामा किन माग्नुभयो भन्ने प्रश्नमा यादवले’अहिले कारण खोज्न नलागौं। मैले राजीनामा दिन भनेको छु यति बुझाै भने ।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राजीनामा माग्नुभएको हो भन्ने जिज्ञासामा अध्यक्ष यादवले ‘अहिलेलाई यति मात्र भनौं’ भनेर कुरा टुंग्याए।

जसपा एक शिर्ष नेताले जनाए अनुसार एक साता भित्रै नयां मुख्यमन्त्री चयन गरिनेछ । तर काे बन्ने भन्ने टुंगाे लागेकाे छैन । उनले भने कांग्रेसले पनि मुख्यमन्त्री लिने कुरा राखिसकेका छन, तर अध्यक्ष यादवले दिन मानेकाे छन, सम्भवतः जसपा नै राख्ने हाे ।

संसदीय दलकाे नेता चयन बारे आन्तरिक छलफल भइरहेकाे छ । दलकाे नेता काे बन्ने भनेर काेही प्रदेश सांसद खुलेर अघि आएकाे छैन, तर अध्यक्ष यादवले शैलेन्द्र साहलाई पक्षमा छन ।
आफू बच्न मुख्यमन्त्री राउले १० हजार लटकाे साइकल खरीद घटनाकाे फाइल नै गायब गरेका थिए । श्राेतका अनुसार मुख्यमन्त्री राउतले भुक्तानीका टिप्पणी उठाएकाे फाइलमा आफ्नाे हस्ताक्षार देखेपछि फाइल नै गायब गराएकाे आराेप लाग्दै आएकाे छ ।

के कति कारणले राउतकाे राजीनामा मांगियाे भन्ने विषयमा उनले साइकल खरीद भ्रष्टाचार घटनाले गठबन्धन दल खासगरी कांग्रेसले मुख्यमन्त्रीलाई हटाउन दबाव दिदै आइरहेकाे कारण हटाउन लागेकाे हाे ।

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भएका हुन्। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ।

राउतलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ। सात प्रदेशमध्ये पाँच वटा प्रदेशका मुख्यमन्त्री यसअघि नै परिवर्तन भइसकेका छन्। जसपा अध्यक्ष यादवले राउतको राजीनामा मागेसँगै अब मधेस प्रदेशमा पनि मुख्यमन्त्री परिवर्तन हुने निश्चित भएको छ। सुदूरपश्चिम प्रदेशमा पनि अहिलेसम्म सरकार परिवर्तन भएको छैन।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेका कागजात ‘हराएका’ घटना सार्वजनिक भएपछि राजीनामाकाे कुरा उठेकाे हाे ।
मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार १४ हजार साइकल खरिद प्रक्रियाका कतिपय कागजात कार्यालयमै छैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा गरिएको उक्त खरिद प्रक्रियामाथि छानबिन गरिरहेकाले निर्णय फाइल मागेको थियो।

अख्तियारमा पठाउन खोज्दा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेका कागजात नभेटिएको स्रोतको भनाइ छ।
मुख्यमन्त्री कार्यालयका सचिव मेखबहादुर मगरातीले पनि ती कागजात कार्यालयमा नभेटेको स्वीकार गरे। उनले अख्तियारले मागेका कागजात खोजी भइरहेको बताए। ‘ती कागजको खोजी भइरहेको छ। म बाहिर छु। धेरै दिनदेखि कार्यालय गएको छैन। सबै मलाई थाहा भएन,’ उनले भने।

मुख्यमन्त्री कार्यालय उच्च स्रोतका अनुसार साइकल खरिद प्रकरणमा छानबिन सुरू भएपछि ती कागजात गोप्य रूपमा मुख्यमन्त्री लालबाबु राउतले लगेका थिए।

चार वर्षअघि महालेखा परीक्षक कार्यालयबाट खटिएको अडिटर टोलीलाई समेत मुख्यमन्त्री कार्यालयले साइकल खरिदसम्बन्धी कागजात र विवरण उपलब्ध नगराएको प्रतिवेदनमा देखिन्छ।

महालेखा परीक्षक कार्यालयको २०७५/७६ को प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त भएका साइकलको मौज्दात र वितरणको स्थिति उपलब्ध नगराएकाले त्यसको अवस्था यकिन हुन सकेन। वितरणको विवरण पेस गर्नुपर्छ।’

आर्थिक वर्ष २०७५/७६ मा दुई चरणमा १४ हजार साइकल खरिद गरिएको थियो। दुवै खरिदमा अनियमितता भएको भन्ने उजुरी परेपछि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

मुख्यमन्त्री कार्यालयले कागजात पठाएको छैन। अख्तियारका एक अधिकारीले भने, ‘एकपटक १० हजार र अर्कोपटक ४ हजार गरी दुई चरणमा १४ हजार साइकल खरिद भएको थियो। त्यसका सम्पूर्ण कागजात साउन ३० भित्रै पठाउन भनिएको थियो तर पठाइएन।’

दुईवटा आपूर्तिकर्तालाई १४ हजार साइकल खरिदबापत मुख्यमन्त्री कार्यालयले ९ करोड ८४ लाख १८ हजार रूपैयाँ भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा पनि उल्लेख थियो।

ती साइकल खरिदको भुक्तानीका लागि मधेस प्रदेशका तत्कालीन प्रमुख सचिव दीपक सुवेदीले मुख्यमन्त्रीलाई निर्णयार्थ टिप्पणी पेस गरेका थिए। मुख्यमन्त्री राउतले उक्त टिप्पणी सदर गरेका थिए। आर्थिक वर्ष २०७७/७८ मा मुख्यमन्त्री कार्यालयले खरिद गरेको १७ हजार साइकलमा १० करोड ३३ लाख रूपैयाँ भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ भाद्र ७, मंगलवार १७:५७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ भाद्र ७, मंगलवार १७:५७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ भाद्र ७, मंगलवार १७:५७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ भाद्र ७, मंगलवार १७:५७
उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

२०७९ भाद्र ७, मंगलवार १७:५७
हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

२०७९ भाद्र ७, मंगलवार १७:५७

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव