जनकपुरधाम, ६ भदौ । मस्तष्किको जटिल शल्यक्रिया भनिएका ‘ब्रेन ट्युमर’को जनकपुरधाममा पहिलोपटक सफल शल्यक्रिया गरिएको छ ।
मधेश प्रदेशमा न्यूरो हस्पीटल रुपमा एकमात्र हस्पीटल रहेको जनकपुरधामको विद्यापति चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका चिकित्सक टीमले सो शल्यक्रिया गर्न सफल भएका हुन ।
विगत ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देबसुनर देवीको अस्पतालका सञ्चालक समेत रहेका न्यूरो सर्जन डा. विजय कुमार राउत लगायतका चिकित्सकहरुको टिमले शल्यक्रिया गरेका हुन् ।
देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको जानकारी दिदै डा. राउतले जनकपुरधाम मात्र होइन मधेश प्रदेशकै लागि ठूलो सफलता रहेको भन्ने कुरा एक पत्रकार सम्मेलन आयोजना गरी बताए ।
उनले भने यहाँ न्यून खर्चमा शल्यक्रिया गरिएको यो ब्रेन ट्यूमरका लागि काठमाडौ, विराटनगर र भरतपुर लगायतका ठाउँमा पांच लाखभन्दा बढी खर्च हुन सक्छ । तर हामीले यस क्षेत्रका जनताका लागि सेवा गर्ने उद्देश्यले शुल्क न्यून राखेका छौं ।
पत्रकार सम्मेलनमा स्वयं उपस्थित देबसुनर देवीले भने शुरुमा मस्तिष्क सहित शरीरका केही भागमा दर्द हुन्थ्यो, नेपालका विभिन्न भाग सहित भारतको पटनासम्म पनि गएर तर निको भएन । आफूलाई ब्रेन ट्यमूर छ भन्ने कुरा थाहा पाएपछि शल्यक्रिया गराउन मर्छु भन्ने डर थियो । तर डा. विजयको टिमले हौसला दिएपछि साहस जुटाएर शल्यक्रिया गरायौं र बाच्न सफल भएको छु भनिन्।
डा. राउतले प्रत्येक १० हजार मानिस मध्ये १/२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाईन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । न्युरो सर्जरी विभागमा सबैभन्दा जटिल मानिने यो रोगमा ब्रेनको भित्री भागमा मासु पलाउँछ । यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुने । अझै ठूलो हुँदै गएपछि वान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिने गरेको बताए ।
डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको १४÷१५ वटा हाडजोर्नी सहित मस्तिष्कका सफल शल्यक्रिया गरेका छन भने सो हस्पीटलमा २५ जना चिकिसत्क कार्यरत छन । डा. राउतले धेरै व्यक्ति बिरामी बारे वास्तविक थाहा नपाएर धामी झाक्री र अदक्ष चिकित्सकहरु कहाँ गएर ज्यान गुमाउने गरेकाले शरीरको हाड, नसा, मस्तिष्क सम्बन्धी कुनै समस्या भए तुरुन्त न्यूरो अस्पताल वा दक्ष चिकित्सक कहाँ जान सुझाव दिदै उनले आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीहरुको सेवामा सक्दोजति सहयोग गर्नबाट कदापी पछाडि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसअघि पनि डाक्टर राउतले क्रोनोटोमी एण्ड एभाक्यूएसन अफ हेमाटोमा भन्ने मस्तिष्क सम्बन्धी गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेश कुमार यादवको सफल शल्यक्रिया गरेका थिए । जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल न्यूरो सम्बन्धी मधेशमै पहिलो स्पेलिस्ट हस्पिटल रहेको दाबी सञ्चालक पक्षको दाबी रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुको उपचार सेवा पुर्याउंँदै आएको छ ।
नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् । सो अस्पतालमा नशा च्यापिएको, हात खुट्टा झम्झमाउने, टाउको दुखेको, मिरगी आउने, ब्रेन सर्जरी, हेड इन्जुरी र टाउकोभित्र रगत जमेको लगायतका न्यूरो सेवाहरुसमेत प्रदान गरिरहेको छ । जनकपुरधाममै न्यूरो हस्पीटल सञ्चालनमा आएपछि यस भेगका नसा, हाडजोर्नी सम्बन्धी बिरामीका लागि काठमाडौ र विराटनगर लगायतका ठाउँमा उपचारका लागि जाने बाध्यता अब हटेको छ ।
हुनत मधेश प्रदेशका हेल्थ केयर, नेशनल मेडिकल कलेज, एलएस न्यूरो अस्पताल र बयोधा अस्पतालले पनि न्यूरो सर्जरी सेवा दिंदै आएका छन । गम्भीर प्रकृतिका बिरामीहरु प्रायः बाहिर नै रेफर गर्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !