Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरमा पहिलो पटक “ब्रेन ट्यूमर” को सफल शल्यक्रिया


जनकपुरमा पहिलो पटक “ब्रेन ट्यूमर” को सफल शल्यक्रिया

जनकपुरधाम, ६ भदौ । मस्तष्किको जटिल शल्यक्रिया भनिएका ‘ब्रेन ट्युमर’को जनकपुरधाममा पहिलोपटक सफल शल्यक्रिया गरिएको छ ।

मधेश प्रदेशमा न्यूरो हस्पीटल रुपमा एकमात्र हस्पीटल रहेको जनकपुरधामको विद्यापति चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका चिकित्सक टीमले सो शल्यक्रिया गर्न सफल भएका हुन ।

विगत ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देबसुनर देवीको अस्पतालका सञ्चालक समेत रहेका न्यूरो सर्जन डा. विजय कुमार राउत लगायतका चिकित्सकहरुको टिमले शल्यक्रिया गरेका हुन् ।
देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भएको जानकारी दिदै डा. राउतले जनकपुरधाम मात्र होइन मधेश प्रदेशकै लागि ठूलो सफलता रहेको भन्ने कुरा एक पत्रकार सम्मेलन आयोजना गरी बताए ।

उनले भने यहाँ न्यून खर्चमा शल्यक्रिया गरिएको यो ब्रेन ट्यूमरका लागि काठमाडौ, विराटनगर र भरतपुर लगायतका ठाउँमा पांच लाखभन्दा बढी खर्च हुन सक्छ । तर हामीले यस क्षेत्रका जनताका लागि सेवा गर्ने उद्देश्यले शुल्क न्यून राखेका छौं ।
पत्रकार सम्मेलनमा स्वयं उपस्थित देबसुनर देवीले भने शुरुमा मस्तिष्क सहित शरीरका केही भागमा दर्द हुन्थ्यो, नेपालका विभिन्न भाग सहित भारतको पटनासम्म पनि गएर तर निको भएन । आफूलाई ब्रेन ट्यमूर छ भन्ने कुरा थाहा पाएपछि शल्यक्रिया गराउन मर्छु भन्ने डर थियो । तर डा. विजयको टिमले हौसला दिएपछि साहस जुटाएर शल्यक्रिया गरायौं र बाच्न सफल भएको छु भनिन्।

डा. राउतले प्रत्येक १० हजार मानिस मध्ये १/२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाईन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । न्युरो सर्जरी विभागमा सबैभन्दा जटिल मानिने यो रोगमा ब्रेनको भित्री भागमा मासु पलाउँछ । यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुने । अझै ठूलो हुँदै गएपछि वान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिने गरेको बताए ।

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको १४÷१५ वटा हाडजोर्नी सहित मस्तिष्कका सफल शल्यक्रिया गरेका छन भने सो हस्पीटलमा २५ जना चिकिसत्क कार्यरत छन । डा. राउतले धेरै व्यक्ति बिरामी बारे वास्तविक थाहा नपाएर धामी झाक्री र अदक्ष चिकित्सकहरु कहाँ गएर ज्यान गुमाउने गरेकाले शरीरको हाड, नसा, मस्तिष्क सम्बन्धी कुनै समस्या भए तुरुन्त न्यूरो अस्पताल वा दक्ष चिकित्सक कहाँ जान सुझाव दिदै उनले आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीहरुको सेवामा सक्दोजति सहयोग गर्नबाट कदापी पछाडि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसअघि पनि डाक्टर राउतले क्रोनोटोमी एण्ड एभाक्यूएसन अफ हेमाटोमा भन्ने मस्तिष्क सम्बन्धी गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेश कुमार यादवको सफल शल्यक्रिया गरेका थिए । जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल न्यूरो सम्बन्धी मधेशमै पहिलो स्पेलिस्ट हस्पिटल रहेको दाबी सञ्चालक पक्षको दाबी रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुको उपचार सेवा पुर्याउंँदै आएको छ ।

नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् । सो अस्पतालमा नशा च्यापिएको, हात खुट्टा झम्झमाउने, टाउको दुखेको, मिरगी आउने, ब्रेन सर्जरी, हेड इन्जुरी र टाउकोभित्र रगत जमेको लगायतका न्यूरो सेवाहरुसमेत प्रदान गरिरहेको छ । जनकपुरधाममै न्यूरो हस्पीटल सञ्चालनमा आएपछि यस भेगका नसा, हाडजोर्नी सम्बन्धी बिरामीका लागि काठमाडौ र विराटनगर लगायतका ठाउँमा उपचारका लागि जाने बाध्यता अब हटेको छ ।

हुनत मधेश प्रदेशका हेल्थ केयर, नेशनल मेडिकल कलेज, एलएस न्यूरो अस्पताल र बयोधा अस्पतालले पनि न्यूरो सर्जरी सेवा दिंदै आएका छन । गम्भीर प्रकृतिका बिरामीहरु प्रायः बाहिर नै रेफर गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र ६, सोमबार १९:२२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र ६, सोमबार १९:२२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र ६, सोमबार १९:२२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र ६, सोमबार १९:२२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र ६, सोमबार १९:२२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र ६, सोमबार १९:२२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव