जनकपुरधाम, साउन २८ गते । रामसति देवी असर्फि साह सेवा प्रतिष्ठानले धनुषाकाे मिथिला बिहारी नगरपालिका वडा नं. १ भूतही पटेर्वाका स्थानीयका लागि सार्वजनिक दलान निर्माण गरेका छन ।
प्रतिष्ठानले स्थानियकाे आवश्यकतालाई महसूस गर्दै आफ्नाे निजी लगानीमा निर्माण गरेकाे साे सार्वजनिक दलान प्रतिष्ठानका अध्यक्ष डा. अजय शाहले शनिवार एक समाराेहका बीच वडाध्यक्ष रामशाेभित साहलाई हस्तान्तरण गरेका छन ।
स्थानीय महारानीजी मन्दिरमा पुजापाठ गर्न आउने श्रद्धालु र गाउंलेलाई उठबस गर्न प्रतिष्ठानले करीब ६ लाख रूपैयाकाे निजी लगानीमा एक काेठे पक्की सहितकाे साे दलान मन्दिर नजिकै निर्माण गराएका हुन ।
प्रतिष्ठानका अध्यक्ष डा. शाहकाे अध्यक्षता र नगरपालिकाका मेयर राजेन्द्र यादवकाे प्रमुख आतिथ्यमा सम्पन्न साे सार्वजनिक दलान हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका सचिव कृष्णकुमार दिक्षित सहित स्थानीय नागरिक समाजका अगुवा, बुद्धिजीवी र गाउंलेहरूकाे सहभागिता रहेकाे थियाे ।

साे प्रतिष्ठानले अध्यक्ष डा. शाह सञ्चालक रहेकाे अप्पन डेन्टल चेम्बर्सद्वारा धनुषा, महाेतरी र सर्लाही लगायत प्रदेशका अन्य जिल्लाहरूकाे स्थानीय तहमा वर्षाैदेखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे छ ।
यसका साथै वातानुकुलित सहित पुर्ण सुविधायुक्त एम्बुलेन्स समेत आवश्यक व्यक्तिका लागि सहुलियत दरमा सञ्चालन गर्दै आएकाे छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !