जनकपुरधाम, साउन २३ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेका प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख बालरोग विशेषज्ञ डा. प्रमोद यादव नियुक्त भएकाे छ ।
सामाजिक विकास मन्त्री नवल किशोर साहले ऐनमा व्यवस्था अनुसार मन्त्रिस्तरिय निर्णयबाट निर्देशकमा नियुक्त गरेका हुन् ।
गएको साउन १९ गतेको मन्त्रीस्तरीय निर्णयले डा. यादवलाई निर्देशकमा नियुक्त गरेको बुझिएकाे छ । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रजिष्टार डा. विनोद यादवले निर्वाह गर्दै आएकाे अस्पतालको कार्यकारी भूमिकामा अब निर्देशककाे रूपमा अब डा. यादवले गर्ने भएको छ ।
तत्कालीन मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवलाई हटाएर प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. विनोद यादवले अस्पतालको प्रशासन र आर्थिक जिम्मेवारी सम्हाल्दै आएका थिए ।
अस्पतालको निर्देशक डा. प्रमोद यादवले कार्यभार सम्हालेपछि उनीहरु साबिककै कार्यकक्षमा फर्किने अस्पताल श्रोतले बताए । नवनियुक्त निर्देशक डा. यादवले यसै सातादेखि आफ्नाे कार्यभार सम्हाल्ने अस्पताल श्रोतले जनाएकाे छ ।
नाेट : यसअघि समाचारमा तात्कालिन मेसु डा. प्रमाेद यादव निर्देशकमा नियुक्त लेखिन गएकाेमा सच्याइएकाे छ । पाठक वर्गमा पर्न गएकाे समस्याले क्षमाप्राार्थी छाै ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !