काठमाडौ, साउन १२ गते । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रियसभाले बहुमतले पारित गरेको छ ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
उक्त विधेयक प्रमाणीकरणपछि वर्षौदेखि नागरिकता विहिन रहेका जन्मसिद्ध नागरिकता पाएका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएका छन । एमालेले विवाद गर्दै आएको विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरेकालाई ७ वर्षपछि नागरिकता भन्ने कुरामा संशोधन विधेयकले छोएको छैन ।
हुनत एमालेले अंगीकृत नागरिकता सहित विभिन्न २१ बुंदे संशोधन प्रस्ताव हालेको थियो । तर सो सर्वसम्मतिले खारिज हुन गएपछि एमाले नागरिकता विधेयक संशोधनको विरोधमा उत्रेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !