जनकपुरधाम,साउन १२ गते । धनुषा प्रहरीले जनकपुरधामबाट दिनदहाडै एक महिलाको दुई लाख रुपैया लुटेर फरार भएका युवकहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गएको सोमबार बिदेशबाट श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका ४ कि शर्मिला देवीले रुपैया राखेको झोला नै लुटेर मोटरसाइकल आएका ती युवकहरु फरार भएका थिए ।
घटना पश्चात प्रहरीले तत्काल अनुसन्धान थालेका थिए । प्रहरीले जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै बताएका छन ।
धनुषा प्रहरीले दुबैजनालाई मोबाईल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिएका छन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उनले जनाएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !