जनकपुरधाम, साउन ९ गते । काठमाडौँ विश्वविद्यालयद्वारा सञ्चालित आइटीसंग सम्बन्धित बीटेक. एड. कोर्सकाे पढाइ जनकपुरधाममा शुरू भएको छ ।
काठमाडौँ विश्वविद्यालयकाे सहकार्यमा जनकपुरधाम स्थित जानकी कलेजले बीटेक. एड. (बिआईटी) काे अध्यापन संचालनमा ल्याएकाे छ । काठमाडौँ विश्वविद्यालयले आफ्नो विस्तारित कार्यक्रम अन्तर्गत जानकी कलेजमा साे अध्यापन शुरू भएकाे हाे ।
आधुनिक शिक्षा पद्धतीमा संचालनमा ल्याउन लागिएको यो कोर्सका लागि जनकपुरधामको जानकी कलेजका लागि विश्वविद्यालयले ३० वटा सीट छुट्याएको छ । जसका लागि कक्षा १२को परिक्षा दिएका विद्यार्थीहरुले आउने शनिबार प्रवेश परिक्षा दिन सक्नेछन् ।
प्रवेश परिक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई मात्रै भर्ना गरिने जानकी कलेजका चेयरमैन पंकज जलानले जानकारी दिएका छन ।
बी.टेक.मा भर्ना हुने विद्यार्थीहरुलाई यस कोर्सको स्लेवश अनुसार ८० प्रतिशत प्रयोगात्मक क्षमता देखाउनु पर्ने र २० प्रतिशत मात्रै लिखित रुपमै परिक्षा दिनुपर्ने जलानले बताए । उनका अनुसार यहाँबाट उतीर्ण हुने विद्यार्थीहरुको मार्कसीट काठमाडौँ विश्वविद्यालयले नै उपलब्ध गराउनेछ भने जागिरकाे पनि निश्चितता छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !