जनकपुरधाम, असार ३१ गते । गत दुई दिनअघि सामाजिक सञ्जालमा कार्यालय समयमै कार्यालय भित्र मिथिला नगरपालिकाका एक कर्मचारी सुतेकाे फाेटाे भाइरल भएकाे थियाे ।
फाेटाे झट हेर्दा सुपरभाइजर पदमा कार्यरत ती कर्मचारी विनाेद राय सुतेकाे देखिन्छ, तर वास्तविकता फरक रहेकाे छ । ती कर्मचारी सुतेकाे भन्दा पनि पथरीले पेट दुखाईकाे पिडाले आराम गरिरहेकाे बताइएकाे छ ।
सामाजिक सञ्जालमा भाइरल बनाइएकाे ती फोटोमा नकारात्मक टिकाटिप्पणीले नगरपालिका प्रशासनमाथि दबाब बढेपछि प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डंगोलले सुपरभाईजर रायलाई लिखित स्पष्टिकरण पनि सोध्यो ।
स्पष्टिकरण सोधेकै दिन बुधवार रायले प्रमुख प्रशासकिय अधिकृत समक्ष आफू पेटमा रहेकाे पथरी दर्दकाे पिडाबाट राहत पाउन एकछिन भुईमा ढल्केकाे भनी लिखित जवाफ समेत पेश गरेका छन् ।
उनले संचारकर्मीसंग कुरा गर्दै भने मिथिला नगरपालिका–९ बाट काम हेरी फिल्डबाट फर्किएर योजना शाखामा कर्मचारी सहकर्मीहरू संग कुरा गरिरहेकाे क्रममा पथरीकाे दर्दले अचानक लडे । आफू लडेपछि योजना शाखाका कर्मचारीहरूले टाउकोमा पानी हालेर मलाई तत्कालै उठाएर पानी खुवाएर बसाएपछि साे शाखाका प्रभु सरले अलिक रेस्ट गर्नुस् भनेपछि आफु भुईमै १० मिनेट जति आराम गरेको थिए ।
साेही क्रममा कसैले मेराे अचेत अवस्थाकाे फाेटाे खिचेर सामाजिक सञ्जाल हाली भाइरल बनाएकाे छ, नकारात्मक रुपले सार्वजानिक गरिएकाे घटनाले म निशब्द भएको छु,’ सुपरभाईजर रायले द भने । उनले वास्तविकता नबुझेर फोटो भाइरल बनाउने व्यक्तीले मानवता पनि बुझेन । मेरो चरित्रसँग खेलवाड मात्रै हाेइन मलाई फसाउन खोजेकाे आराेप समेत लगाएका छन ।
सुपरभाइजर रायले आफ्नाे दाहिने मृगौलामा पत्थरी रहेको छ जसकाे उपचार समेत भइरहेकाे म संग प्रमाण रहेकाे बताउंदै यही २९ गते नै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा ओपिडी चेकजाँच र ३० गते महोत्तरीको बर्दिवासस्थित दिव्या इमाजिङ क्लिनिकमा अल्ट्रासाउण्ड गराएको बताएका छन् । उनको पिसाबमा इन्फेक्सन र अल्ट्रासाउण्डबाट उनको दाहिने मृगौलामा पत्थरी रहेको चिकित्सकको चेकजांच रिपोर्टले देखाउंछ ।
यता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डंगोलले पनि सुपरभाइजर राय पथरी दुखाईले अचेत भएपछि राय आराम गर्न भुईमा ढल्केकाे बताएका छन । उनले भने सामाजिक सञ्जालमा फाेटाे भाइरल भए लगतै आफुले स्पष्टिकरण साेधेकाे हाे ।
उहांकाे स्पष्टीकरणकाे जवाफ र छानबीन गर्दा उहाँ वास्तवमै बिरामी रहेकाे देखियाे, कसैले नियतवश वास्तविकता नबुझि फाेटाे सामाजिक सञ्जालमा हालेकाे हाे । फाेटाे सहयाेग : द पब्लिक टुडे



















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !