Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फेरी उपभोक्ता समितिको भुक्तानी बक्यौता : पुर्वाधार कार्यालयमा तालाबन्दी


फेरी उपभोक्ता समितिको भुक्तानी बक्यौता : पुर्वाधार कार्यालयमा तालाबन्दी

जनकपुरधाम, असार २९ गते । आर्थिक वर्ष २०७५/७६ झै फेरी चालु आ.व. मा उपभोक्ता समितिहरुको सम्पन्न योजनाको करोडौ रुपैया भुक्तानी निकासा बांकी रहन गएको छ ।

बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरु आन्दोलनमा उत्रेका छन । बुधवार उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसक्दा आक्रोशित उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पुर्वाधार विकास कार्यालय जनकपुरधाममा कर्मचारीहरुलाई भित्रै थुनेर तालाबन्दी गरेको छ ।

उनीहरुले आन्दोलनको पहिलो चरणमा कर्मचारीहरुलाई भित्रै थुनेर पुर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका हुन । हाल पुर्वाधारमा कार्यरत कर्मचारी कार्यालय भित्रै रहेका छन ।

आक्रोशित उपभोक्ता समिति मध्येका आशुतोष झाले भने हामीहरुले कार्य सम्पन्न गरेर असार २३ गते अगावै सम्पन्न योजनाहरुको फाइल कार्यालयमा जम्मा गरिसकेका थियौ । तर कार्यालयका इन्जिनीयर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउंदै चेक बनाएन । हामीहरु २५ गते राति १२ बजेसम्म कार्यालयमै बसेका थियौं, तर केन्द्रबाट नै सर्भर डाउन रहेका भन्दै टाल्दै काम नगरेको कारण आफूहरुको भुक्तानी हुन नसकेको उनले बताए ।

झाले भुक्तानी नभएसम्म हामी कार्यालयमा तालाबन्दी जारी नै राख्नेछौं भन्दै आगामी चरणमा सडक आन्दोलन सहित मुख्यमन्त्री र मन्त्रालयका कार्यालयहरु घेराउ लगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन ।
उपभोक्ता समिति मध्येका जगदीश पाण्डेका अनुसार भौतिक पुर्वाधार विकास मन्त्रालय र प्रदेश सभा सदस्यहरुको गरी करीब दुई सय उपभोक्ता समितिका सम्पन्न योजनाहरुको भुक्तानी हुन बांकी रहेको छ ।

उपभोक्ता समितिहरुको चर्को दबावका कारण यता पुर्वाधार विकास कार्यालयका प्रमुख दिपक मिश्रले सर्भर डाउन भएको कारण १ सय ९० वटा योजनाको ३०÷३५ करोड रुपैया बांकी रहन गएको बताएका छन ।
उनले भने सम्बन्धित मन्त्रालयलाई हामीले जानकारी गराइसकेका छौं । सचिवज्यूले विवरण माग गरेको छ, अब कसरी उपलब्ध गराउने हो भन्ने कुरा प्रदेश सरकारले निकास खोज्ने हो ।

पुर्वाधार विकास कार्यालय मात्रै होइन मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका समेत करीब २० करोड रुपैयाको हाराहारीमा सम्पन्न विभिन्न योजनाका भुक्तानी बक्यौता रहन गएको छ । सो मन्त्रालयका सचिव नम्रता सिंह देश बाहिर भारतको दिल्ली भ्रमणमा र खाद्य तथा पोषण विभागका कर्मचारी शंकर साह जिल्ला बाहिर रहेको कारण सयौं किसानको भुक्तानी हुन सकेन ।

यसका साथै उद्योग पर्यटन तथा वन मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालय धनुषाको समेत ३०÷३५ लाख कर्मचारी आभावको कारण बक्यौता रहन गएको छ । सो कार्यालयमा लेखापाल अन्य कार्यालयबाट पठाइएको कारण एउटै कर्मचारी तीन÷तीन कार्यालयमा काम गर्नुपरेको कारण समय दिन नसक्दा भुक्तानी बक्यौता रहन गएको प्रमुख शुरेश शर्माले बताएका छन ।

उनले भने कर्मचारी नै आभाव थियो, अर्को कार्यालयबाट लेखापाल मगाएको कारण कर्मचारी हुँदा सर्भर डाउन र सर्भर आएपछि कर्मचारी नै अर्को कार्यालयमा गइसकेको कारण हामीले भुक्तानी निकासा हुन सकेन ।
मधेश प्रदेशमा सम्पन्न योजनाको भुक्तानी बक्यौता हुनु यो कुनै पहिलो घटना होइन यसअघि आ.व. २०७५÷७६ मा समेत सयौं योजनाको भुक्तानी हुन सकेको थियो ।

उपभोक्ता समितिहरुको चरण आन्दोलन पश्चात प्रदेश सभाबाट एक छानबीन समिति गठन भई उक्त समितिको प्रतिवेदनको आधारमा दुईवर्ष पछि आ.व. २०७७/७८ मा प्रदेश सभाबाट पहिलो पटकका लागि भनी विनियोजन विधेयकमा छुट भुक्तानी भनेर विशेष व्यवस्था गरेर भुक्तानी गरेको थियो । दाबी गरिएको १ अर्ब १५ करोड बक्यौता भुक्तानीमा संसदीय छानबीन समितिले सदर गरे अनुसार ८७ करोड रुपैया उपभोक्ता समितिहरुलाई भुक्तानी गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार २९, बुधबार १८:५३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार २९, बुधबार १८:५३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार २९, बुधबार १८:५३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार २९, बुधबार १८:५३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार २९, बुधबार १८:५३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार २९, बुधबार १८:५३

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव