जनकपुरधाम, असार १७ गते । जनकपुरधाम स्थित कैरियर ड्रिम एजुकेशन कन्सल्टेन्सी १० अौ बृहत् भारतीय शैक्षिक मेलाको आयोजना गर्ने भएकाे छ ।
शनिवारका दिन जनकपुरधामकाे शिव चाैक स्थित मानकी हाेटेलमा बिहान १० बजेदेखि एक दिने बृहत् भारतीय शैक्षिक मेलाको आयोजना हुने कैरियर ड्रीम कन्सलटेन्सीका अध्यक्ष राकेश साहले जानकारी दिएका छन ।
शुक्रबारका दिन आयोजना पत्रकार सम्मेलन आयाेजना गरि साे भारतीय शैक्षिक मेलामा भारतका स्तरीय ख्याति प्राप्त कलेज, युनिभरसिटी र इन्सिटीच्युटकाे स्टल रहनेछ भने सम्बन्धित प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकलाई निशुल्क परामर्श दिनेछ भन्ने जानकारी साहले दिए ।
साे शैक्षिक मेलामा भारतका २५ राज्यका ख्यातिप्राप्त तथा चर्चित २५ वटा कलेज, इन्स्टिच्युट तथा युनिभर्सिटीहरूको सहभागीता रहनेछ र सम्बन्धित प्रतिनिधिले आ आफ्ना शैक्षिक संस्थाले नेपाली विद्यार्थीलाई दिने सुविधा, फैकेल्टी, लाग्ने खर्च लगायतका जानकारी दिनेछ भने अन द स्पट एडमीशनकाे समेत व्यवस्था रहेकाे समेत साहले जानकारी दिए ।
९ पटक सफलतापूर्वक शैक्षिक मेला सम्पन्न गरिसकेका कैरियर ड्रीमले यश पटक आयोजना गरेकाे मेलामा पुरल युनिभर्सिटी, चित्कारा युनिभर्सिटी, साना इन्स्टच्यट, आदित्य बिरला ग्रुप, क्वान्टम् युनिभर्सिटी लगायत मैनेजमेंट, मेडिकल र इन्जियनियरिङ्ग फैकेल्टीका २५ वटा युनिभर्सटी तथा कलेजहरूकाे सहभागिता रहनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !