जनकपुरधाम, असार १३ गते । नेकपा एमालेका भातृ संगठनहरुले पटक पटक भइरहेको अनियन्त्रित महँगीको विरोधमा जुलुस प्रदर्शन गरेका छन ।
सोमवार नेकपा एमालेका नगर समिति, अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा र युवा संघ धनुषाले संयुक्त आयोजनमा विरोध महँगाईको विरोधमा विरोध जनकपुरधाममा प्रदर्शन गरेका हुन ।
जनकपुरधामको जनक चौकबाट निस्केको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।
कोण सभामा सहभागी नगर समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अवैधानिक गठबन्धनको सरकार महँगाई नियन्त्रण गर्न असफल रहेको आरोप लगाउंदै तत्काल नियन्त्रण नगरिए कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिए ।
उनले भने यो गैर संवैधानिक सरकार पेट्रोलियम पदार्थ र खाद्य सामाग्रीको मूल्य दिन प्रतिदिन महँगाई बढाउंदै गएको कारण आम जनतालाई जीवनयापन गर्न निकै समस्या भएकोले तत्काल मूल्यवृद्धि नियन्त्रण र किसानलाई सहज रुपमा आवश्यक खाद्य उपलब्ध गराउनुपर्छ नभए नेकपा एमाले सरकार विरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्नेछ ।
कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका जिल्लाध्यक्ष गोनौर राउतले पनि महँगाई नियन्त्रण र किसानलाई सहज रुपमा मलखाद्य उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
विरोध प्रदर्शनमा सहभागीहरुले अविलम्ब रसायनिक मल उपलब्ध गराउ, किसानमारा निती खारेज गर, महँगाई नियन्त्रण गर र पेट्रोलियम पदार्थको मूल्य अझै घटाउ लगायतका प्लेकार्ड बोक्दै सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !