जनकपुरधाम, असार ८ गते । मधेश प्रदेशमै पहिलाे पटक युवा महाेत्सव हुन लागेकाे छ ।
मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले असार १५ गतेदेखि दुई दिने मधेश प्रदेशमै पहिलो पटक मधेश प्रदेश यूवा महोत्सव गर्न लागेकाे हाे ।
बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्रोत साधनको पहुँचमा नभएका, अवसर नपाएका, आफ्ना सीप र दक्षता गर्न नपाएका युवाहरूका लागि फलदायी हुने बताए ।
असार १५ देखि १६ गतेसम्म आयाेजना हुने साे महाेत्सवमा समग्र मधेश प्रदेशबाट युवाहरूको सहभागिता गराउन प्रदेशका ८ वटै जिल्लाका स्थानीय सरकारलाई यस महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी सचिव दाहालले जानकारी दिए ।
‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ आयाेजनना साे महाेत्सव यहांका युवाहरूकाे समुन्नत विकासका लागि ठुलाे अवसर रहेकाे मन्त्रालयका सचिव ठुलबाबु दाहालले बताए ।
दुई दिनसम्म चल्ने साे महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेकाे छ ।
त्यस्तै दाेश्राे दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धताकाे आव्हान गरिनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !