जलेश्वर, असार १ । जिल्ला समन्वय समिति महोत्तरीमा कांग्रेस जसपा गठबन्धनलाई पराजित गर्दै लाेसपा चार दलीय गठबन्धन विजयी भएका छन ।

लोसपा, एमाले, तमलोपा र स्वतन्त्र समूह गरी चार पक्षीय गठबन्धनले जित हात पारेको हो । जसपा र नेका गठबन्धनका स्पष्ट १७ मत देखिए पनि सबै मतदान भने दलगत आधारमा नभएपछि लाेसपा विजयी भएकाे हाे।
जम्मा ३० मतदातामध्ये लोसपाका उम्मेदवार सुमनकुमार लाल कर्णले १६ मत प्राप्त गरी प्रमुख पदमा जित हासिल गरे । उनका प्रतिस्पर्धी जसपाका कृष्णशंक्र साहले १४ मत प्राप्त गरे । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेका ननु महरा गोलाप्रथाबाट विजयी भएका छन् । महरा र नेकाका धर्मेन्द्रकुमार यादवले बराबर १५/१५ मत पाएपछि गोलाप्रथाबाट उपप्रमुखको नतिजा आएको हो । प्रमुख/उपप्रमुखसहित नौ सदस्यीय समितिका अन्य सातै जना सदस्य चार पक्षीय गठबन्धनका विजयी भएका छन् ।
जम्मा १५ स्थानीय तहका प्रमुख/अध्यक्ष (नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष) एवं उपप्रमुख/उपाध्यक्ष (नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष) गरी ३० मतदातामा जसपाका ११, लोसपाका आठ, नेकाका छ, एमालेका दुई, स्वतन्त्र समूहका दुई र तमलोपाका एक हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !