वीरगञ्ज, जेठ २७ गते । जिल्ला समन्वय समिति (जिसस) पर्साकाे नेतृत्वका लागि भएकाे निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनकाे प्यानल विजयी भएकाे छ ।
शुक्रवार सम्पन्न जिससकाे निर्वाचनबाट प्रमुखमा जसपाका निरञ्जन साेनार र उपप्रमुखमा नेकपा एमालेका पुरण प्रसाद कुर्मी लगायत पुरै प्यानल जसपा एमाले गठबन्धनका निर्वाचित भएका हुन ।
निर्वाचनमा २ मतका अन्तरले सोनार प्रमुखमा निर्वाचित भएका हुन । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका थिए । सोनार यसअघि भएको वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

सदस्यहरूमा जसपाका बैजन्ती देवी, राजपति देवी, बिनय प्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् ।
अरु सबैले १५ मत पाउँदा जसपाका बिनय प्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिएका छन ।
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए । जिल्लामा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरि कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !