जनकपुरधाम, जेठ २१ गते । अर्थमन्त्री जनार्दन शर्माले बीरगन्ज चिनी कारखाना र कृषि औजार कम्पनीलाई सरकारले यसै बर्ष संचालन ल्याउने जनाएका छन ।
बीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं बार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारले चिनी र अाैजार कारखाना संचालनको लागि काम अगाडी बढाइसकेाेले जसरी पनि यो बर्ष दुर्वै कारखाना संचालन हुने दाबी गरे ।
बीरगन्ज नेपालकै महत्वपूर्ण क्षेत्र र व्यापारिक केन्द्र भएको कारण सरकारले उद्योग व्यापारलाई प्रोत्साहन दिने पक्षमा रहेको तथा कुनै उद्योग बन्द नहोस भन्ने पक्षमा सरकार रहेको उनले भने ।
कार्यक्रममा सहभागी वक्ताहरुले वीरगन्ज महानगरसंग सरकारले सौतेला व्यवहार गरेको गुनासाेमा अर्थमन्त्री शर्माले हामीले बीरगन्जलाई अत्याधिक माया गरेको भएपनि महशुस गराउन नसकेको भने ।
सरकारले बजेट मार्फत फास्ट ट्रयाक,निजगढ अन्तराष्ट्रिय एयरपोर्ट, बीरगन्ज चिनी कारखाना एवं कृषि औजार कम्पनी संचालन लगायतका कार्यक्रमहरु ल्याएको चर्चा गर्दै यी कार्यक्रमहरुले बीरगञ्जवासी तथा मधेशलाई फाइदा हुने मन्त्री शर्माले दाबी गरे ।
कार्याक्रममा मधेश प्रदेशमा उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा,बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उद्योगपतिहरू अशोक बैध, अशोक टेमानी र गणेश लाठ लगायतले सरकारले बजेटमा बीरगनञ्जलाई साैतेला व्यवहार गरेकाे गुनासाे गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा बीरगन्जको समाजिक तथा व्यापारिक क्षेत्रका समस्याहरुलाई उठान गर्न पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएका पर्साका पत्रकार बिजय चौहान, मनोज पटेल, जियालाल साह, माधुरी महतो, सुरेश विडारी, विमला गुप्ता, राकेश साह र सुर्यनारायण विकलाई प्रशंसा पत्रको साथमा सम्मानित गरिएकाे थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !