जनकपुरधाम, जेठ २१ गते । अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मधेस प्रदेश सरकारले स्वीकृत गरेको छ ।
शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्री परिषद्को बैठकबाट आइतवार प्रदेश सभामा प्रस्तुत हुने अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरिएकाे हो ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साह आगामी आ.ब. काे नीति तथा कार्यक्रम अन्य वर्षकाे तुलनामा फरक रहेकाे बताए ।
उनले भने भाेली प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गत ४ वर्षकाे अनुभवकाे आधारमा र अधुरा याेजनाहरू पूरा गर्ने सहित नयां धेरै कार्यक्रमहरू समेत समेटिएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !