Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विमान दुर्घटना प्रकरण : मुक्तिनाथ दर्शनको सपना बोकेर संसारबाट विदा भए मकरबहादुर


विमान दुर्घटना प्रकरण : मुक्तिनाथ दर्शनको सपना बोकेर संसारबाट विदा भए मकरबहादुर

अञ्जली चौधरी
जनकपुरधाम, जेठ १६ गते । आफ्नो कुनै चाहना नभएपनि भान्जा राजन गोले तामाङ्गको आग्रहमा दिदी भिनाजु सँगै मुक्तिनाथ दर्शन गर्ने सपना मकरबहादुर गोले तामाङ्गको सपना विमान दुर्घटनाले अपुरो बनाएको छ ।

हिजो आइतवार बिहान मुस्ताङ जिल्लाको थासाङ्ग गाउँपालिकाको वडा २ सानसुरेमा तारा एयरको भएको विमान दुर्घटनाले धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँ निवासी मकरबहादुर श्रीमति सुकमाया तामाङ्ग, दिदी भिनाजु र भान्जा राजन गोले तामाङ्ग संगै मुक्तिनाथ दर्शनको सपना लिएर मृत्युवरणमा पुगेका छ ।

विमान दुर्घटनामा उनी सँगै उनका परिवारका ७ जना सदस्यको एकैसाथ मृत्यु भएको घटनाले पुरै गाउँ नै शोकमग्न भएको छ भने परिवार रुवावासीमा छन । मुक्तिनाथका लागि भान्जा राजनको नेतृत्वमा हिडेंका मकर काठमाडौबाट पोखरा पुगेर, विमानबाट पोखरा हुँदै जोमसोम जाने क्रममा बीच बाटोमै आफू सहित परिवारका ७ जना सदस्य गुमाएका छन ।

सो दुर्घटनामा मकर सहित उनको श्रीमति सुकमाया, भिनाजु इन्द्रबहादुर गोले, दिदी राममाया तामाङ, भिनाजु भाई पुरुषोत्तम गोले, भिनाजु भाईको श्रीमति तुलसादेवी तामाङको मृत्यु भएको छ ।
दुर्घटना खबरपछि लोटा स्थित राजनको कोही नबस्ने गरेको कारण निर्माणाधीन घर अहिले सुनसान छ भने मकरबहादुरको घर पनि सुनसान छ । तर मकरबहादुरको छोरी शान्ति लामा तामाङ्गको घरमा सान्तवा दिन आउने गाउँले तथा आफन्तहरुको ओइरो लागि रहेको छ ।

मकर गाउँकै रातु राप्राविका अवकाश प्राप्त शिक्षक हुन । गाउंकै संस्थापक शिक्षक रहेका ७२ वर्षिय मकरबहादुर करीब १२ वर्ष अगाडि शिक्षक पेशाबाट अवकाश भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भई स्थानीय स्तरमा सामाजिक कार्यमा संलग्न थिए । मकरबहादुरको परिवारमा तीन छोरा र दुई छोरी छन । छोरा मध्ये कान्छा छोरा भूषण कतार बस्दै आएका छन भने सुरेश र उत्तम गाउँमै बस्दै आएका छन ।

छोरीहरुको बिहे भइसकेपनि सोही गाउँमा घर बनाएर बस्दै आएकी छिन । कान्छा छोरा भूषण वैदेशिक रोजगार कतारमा रहेका छन भने सुरेश गाउँमै खेतीपाती गर्दै आएका छन भने उत्तम काठमाडौ राजन संगै उनको फर्ममा काम गर्दै आएको गाउँले छिमेकी बाबुराम गोले तामाङ्गले बताए ।

मकरबहादुरकी छोरीद्वय शान्ति लामा र कान्ति लामा

उनले भने मकर सर निकै राम्रो मान्छे हुनु हुन्थ्यो सबैको दुखसुखमा साथ दिने अति नै मिलनसार व्यक्ति उहाँ हुनु हुन्थ्यो, शिक्षक सेवाबाट अवकाश भएपछि छोरा सुरेश संगै गाउँमै खेतीपाती गर्दै आउनु भएको थियो । तर विमान दुर्घटनामा उहाँको अकास्मिक निधनको खबरले हामी गाउँवासी निकै मर्माहित भएका छौं ।

मकरकी छोरी शान्तिले भाई राजनले हिजो बिहानै करीब १०÷११ तिर फोन गरेर मामा माइजु काठमाडौ आइसकेको छ अब हामी सबै जना मुक्तिनाथका लागि निस्केर पोखरा विमान स्थलमा छौ, केही बेरमा विमान उडने रुदै भनिन् ।

मकरकी अर्का छोरी कान्तिले भकानिदै भनिन् बुवाको मुक्तिनाथ जाने कुनै इच्छा थिएन तर भाई राजनले जीवनको के ठेगान अब बुढेसकाल आइसकेको छ, सबै परिवार संगै मुक्तिनाथ दर्शन गर्न गर्न जाऊ कुरा राखेपछि उहाँ मुक्तिनाथ दर्शनका लागि निकै खुशी भएर शुक्रवार घरबाट बिहान हिडेंका थिए । तर के थाह दैवले यस्तो वितण्डा मचाउनेछ आफूहरुलाई थाहा भएको भए बुवालाई घरबाट जान दिनथिएन ।

उता राजनको लोटा स्थित घरमा कोही नभएको कारण सुनसान छ भने काठमाडौ गोर्केनेश्वर स्थित घरमा रुवावासी छ । राजन परिवारमा बुवाआमाले ज्यान गुमाइसकेका छ भने परिवारमा रहेका श्रीमति दिपा सुवेदी १४ वर्षिय छोरी र १० वर्षिय छोरा सहित काठमाडौमै छन, भाई मनोज गोले तामाङ्ग श्रीमति र छोराछोरी सहित अष्ट्रेलिया बस्दै आएका छन ।

राजन नेकपा एस धनुषाका जिल्ला सदस्य र प्रदेश पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोका निजी सचिवालय सदस्य हुन । उहाँ काठमाडौ र जनकपुरधाम दुवै ठाउँमा बस्दै आएका थिए । केही दिनअघि स्थानीय तहको निर्वाचनका लागि आफ्ना पार्टीका मेयर पदका उम्मेदवार सुर्य पुडासैनीलाई सहयोग गर्न भोट हाल्न बुवाआमा सहित आफ्नो गाउँ आएका थिए ।

पोखरा विमान स्थलमा मकर आफ्ना श्रीमति, भान्जा राजन, दिदी भिनाजु सहित

चुनावभरि मतगणना परिणाम आउञ्जेलसम्म गाउँमै आफ्नो घर निर्माणाधिन अवस्थामा रहेकाले मामा मकरबहादुरको घरमा बसेका कुरा छिमेकी बाबुरामले बताए । मतगणना परिणाम आइसकेपछि उनी काठमाडौ गएको र यही बीचमा घटना भइसक्यो अर्का छिमेकी भक्तबहादुर तामाङ्गले बताए ।

राजनका काका पुरुषोत्तम गोले पनि काठमाडौ नै बस्दै आएका थिए । गाउँमा उनको घर पनि छैन । पुरुषोत्तमको परिवारमा तीन छोरा र दुई छोरी छन । छोराहरु सुदर्शन गोले, श्यामदर्शन गोले र विजय गोले परिवार सहित अमेरिकामा बस्दै आएका छन भने छोरीहरु आशा गोले र ससुराली बस्दै आएका छन । छोराहरु अमेरिका र छोरीहरु ससुराली बस्दै आएको कारण एक्लै भएपछि बुढाबुढी गाउँका सबै घरजग्गा बेचेर काठमाडौमै बस्दै आएका थिए ।

पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बाबुआमा, काकाकाकी र मामामाइजुको सामूहिक फोटो खिचेर घरमा पठाउएका थिए । सो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ती फोटोमा आमाको काँधसँगै परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन निकै खुसी देखिन्छन् । तर वृद्ध बुबाआमा सहित परिवारका अन्य वृद्ध सदस्यहरुलाई मुक्तिनाथ दर्शन गराउने सपना विमान दुर्घटनाले अपुरै भएको छ ।

राजन गोले तामाङ्गको निर्माणाधिन घर

मधेस प्रदेसका पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले यो घटनाले पार्टीलाई ठूलो क्षति पुगेको र पार्टी कार्यकर्ताहरु स्तब्ध रहेको मन्त्री महतोले बताए । उनले भने मेरो एउटा शक्तिको रुपमा रहेका सिपाही समेत रहेका पार्टीले एउटा सक्रिय कमाण्डार गुमाएको छ, यो ठूलो क्षति भएकाले हामी स्तबन्ध छौं ।

राजनको निर्माणाधिन घर तयार भइसकेको छ, पेन्टिङ्ग गर्न र ढोका झ्यालहरु लगाउन बाँकी छ । मन्त्री महतोले भने गाउँमै आधुनिक घर बनाउने राजनको सपना थियो । घर त बन्यो तर पुरा नहुँदै उनको सपना अपुरै भई उनी सँगै गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार २२, बुधबार १३:०६
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार २२, बुधबार १३:०६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार २२, बुधबार १३:०६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार २२, बुधबार १३:०६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार २२, बुधबार १३:०६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार २२, बुधबार १३:०६

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव