जनकपुरधाम, जेठ ७ गते । धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन ।
प्रमुखमा कांग्रेसका प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लाेसपाबाट निर्वतमान प्रमुख रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याई तेश्राे भएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छिन् । उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लाेसपाकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याएकी छिन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !