Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक : सूचना प्रवाह समेत फितिलो


जनकपुरधाम मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक : सूचना प्रवाह समेत फितिलो

जनकपुरधाम, वैशाख ३१ गते । मधेश प्रदेशका राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा मतगणना स्थलमा निर्वाचन आयोग कार्यालय जनकपुरधामले रोक लगाएको छ भने मतपरिणाम सूचना प्रवाह व्यवस्था समेत फितिलो रहेको छ ।

एका बिहानैदेखि समाचार संकलनमा गएका पत्रकारलाई सुरक्षाको बहानामा मतगणना स्थल त के परिसर भित्र समेत छिर्न दिएन । सञ्चार माध्यमलाई सूचनाको हकमा प्रतिबन्ध लगाएर निर्वाचन आयोग कार्यालय धनुषा समेतका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले प्रे स्वतन्त्रताका ठाडो उल्लंघन गरेको देखिएका छ ।

मतगणना शुरु भएको बिहान ४ बजेदेखि नै संचारकर्मी मतगणना स्थल महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र अगाडि बिहान १२ बजेसम्म उभेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी उपरिक्ष बसन्त रजौरेको समन्वयमा केही क्षणका लागि फोटो र भिडियो खिच्न दिएपनि मतपरिणाम अपडेट जानकारीको कुनै व्यवस्था यो समाचार लेख्दासम्म गरेको छैन ।

जिल्लामा निर्वाचन शान्तिपुर्ण अवस्थामा सम्पन्न भएपनि कडा सुरक्षाको नाममा मतगणना स्थलमा निर्वाचन अधिकृतको कार्यालयद्वारा फितिलो व्यवस्थापनका कारण मतगणना स्थलभित्र के भइरहेको छ मतपरिणाम कतिको आएको छ भन्ने बारे कुनै कुरा नबाहिरिंदा संचारकर्मीहरुलाई समाचार संकलन गर्न निकै अप्ठयारो भएको छ भने आम जनता समेत अन्यौलमा परेको छ ।

मतगणना स्थलभित्र राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिलाई सहज रुपमा मतगणना स्थलसम्म आवात जावत गर्न दिइरहेका छन भने सञ्चारकमीहरुलाई निर्वाचन अधिकृत प्रहरी प्रशासनलाई ठाडो आदेश दिएर प्रवेशमा रोक लगाएका छन ।

मतपरिणाम सहज रुपमा उपलब्ध गराउन निर्वाचन आयोगको कार्यालयले न त कुनै माइकिंगको व्यवस्था गरेको छ, न कुनै सूचना डेस्क राखेको छ, न सामाजिक सञ्जाल फेसबूकको अधिकारिक पेजमै अपडेट गरिरहेको छ । मतपरिणामको सूचना कसरी पाउने बारे निर्वाचन अधिकृत प्याकुरेलले मोबाइल स्वीच अफ गायब छन भने सरोकारवाला सबै निकाय कुनै चासो नलिई गैर जिम्मेवार बनेका छन ।

एपी वन टेलिभिजनका जनकपुरधाम सम्वाददाता विकास साहले आफूहरु बिहानैदेखि मतगणना स्थल बाहिर उभेको छु तर नत्र भित्र छिर्न दिएको छ न मतपरिणाम उपलब्ध गराउने व्यवस्था गरेको कारण समाचार संकलन गर्नु निकै समस्या भइरहेको बताए । त्यस्तै अर्का संचारकर्मी उपेन्द्रभगत नागवंशीले संचारकर्मीलाई समाचार संकलनका लाग मतपरिणामको सूचनाबाट वञ्चित गराउनु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन रहेको भन्दै भत्र्सना गर्नु भएको छ ।

पत्रकार नवीन सिंहले मतगणना स्थल भित्र बस्न हामीलाई कुनै रहर पनि छैन, तर हामीले सहज रुपमा व्यवस्थित तरिकाले सूचना अधिकारी, सूचना डेस्क वा अन्य कुनै माध्यमबाट जानकारी गराई दिएको भने समस्या हुने छैन । तर निर्वाचन अधिकृतले तानाशाही रुपमा सुरक्षाको नाममा सूचनाको हकबाट वञ्चित गर्न खोजेका गुनासो गरे ।

उता प्रदेश पत्रकार महासंघ एक विज्ञप्ति समेत जारी गरी पत्रकारलाई सहज रुपमा मतपरिणामको सूचनाबाट वञ्चित गराउनु र सुरक्षाको नाममा हुन सक्ने धांधली बाहिर आउन नदिन मिडियालाई प्रवेश निषेध गर्नु भनेको प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन रहेको भनी भत्र्सना गर्दै सहजता गरिदिन सम्ब्न्धित निकाय निर्वाचन आयोगसँग अपिल गरेको छ ।

यता मतगणना स्थल बाहिर उभेका उम्मेदवारहरुका प्रतिनिधिले मतपरिणाम अपडेट नगर्नु र संचारकर्मीलाई समेत सूचनाबाट वञ्चित गर्नु भनेको भित्र हुने धांधलीलाई निगरानी गर्न नदिई त्यसलाई ढाकछोप गर्नु आयोगका अधिकृत प्याकुरेलको नियत रहेको प्रतिक्रिया दिएका छन । उनीहरुले सत्तारुढ गठबन्धनका प्रमुख दल कांग्रेसका बागी उम्मेदवार मनोज साहलाई धांधली गरेर जिताउन केन्द्रबाट नै यस्तो धांधली गर्न खोजेको आरोप लगाएका छन ।

मतपरिणामको सूचनामाथि संचारकर्मीलाई प्रतिबन्ध लगाइएपनि भित्र श्रोतबाट आएको जानकारी अनुसार हाल जनकपुरधाम वडा नम्बर १ को मतगणना जारी रहेको छ । सो जारी मतगणना अनुसार यो समाचार लेख्दासम्म ९ सय ८० मतगणनामा कांग्रेसका बागी उम्मेदवार घण्टाघर छापका मनोज साह सबभन्दा अगाडि ३ सय २९ ल्याएर अगाडि छन ।

अन्य उम्मेदवारहरु एमालेका शिवशंकर साह हिरा १२५, आँप छापका स्वतन्त्र उम्मेदवार बलराम महतो ७५, लोसपा साइकल छापका मनोज चौधरी ५७, गठबन्धन जसपा छाता छापका लालकिशोर साह ४८, लालटेन छापका स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४ मत ल्याएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार १३, सोमबार १४:५४
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार १३, सोमबार १४:५४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार १३, सोमबार १४:५४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार १३, सोमबार १४:५४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार १३, सोमबार १४:५४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार १३, सोमबार १४:५४

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव