जनकपुरधाम, वैशाख ३० गते । सर्लाही जिल्लामा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएकाे छ ।
जिल्लाकाे बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।
मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएकाे प्रहरी उपरीक्षक प्रविण पाेखरेलले जानकारी दिएका छन । हाल त्यहाँ मतदान अवरुद्द भएकाे छ ।
मतदान सुचारु गराउने प्रयास भईरहेकाे प्रउ पाेखरेलले जानकारी दिए । हाल मतदान स्थगित गरेर छलफल भईरहेकाे बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !