जनकपुरधाम, वैशाख ३० गते । धनुषामा विभिन्न पार्टीका शिर्ष नेताहरूले पनि आ आफ्नाे मतदान केन्द्रबाट मतदान गरेका छन ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नाे लक्ष्मिनिया गाउपालिकाकाे वार्ड नं. ४ स्थित बिपि कोइराला माबी स्कुलमा रहेकाे मतदान स्थलकाे मतदान केन्द्रबाट मतदान गरेका छन ।
त्यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका पुर्व मन्त्री मातृकाप्रसाद यादवले सबैला नगरपालिकास्थित राम प्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका छन ।

नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगर वडा ९ स्थित सुहिर्द पुस्तकालय मतदान स्थलबाट मतदान गरेका छन । सोही मतदान स्थलमा नगरप्रमुखको स्वतन्त्र उम्मेदवार बलराम महतोले समेत मतदान गरेका हुन।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकास्थित वडा २ को राजेश्वर निधि मावी मतदान स्थलमा मतदान गरेका छन ।
तमलोपाका केन्द्रिय अध्यक्ष लालले जनकपुरधाम वडा नं. २ स्थित उपमहानगरपालिका कार्यालय परिसरमा रहेकाे मतदान स्थलबाट मतदान गरेका छन ।
त्यस्तै कांग्रेसका सह सचिव महेन्द्र यादव र जसपाका प्रदेश शिर्ष नेता शेषनारायण यादवले लक्ष्मनिया गाउंपालिकाकाे वडा नं. ३ स्थित बनिगमा मावि मतदान स्थलकाे मतदान केन्द्रबाट मतदान गरेका छन ।
बिहान ११ बजे धनुषामा करीब २० प्रतिशत मतदान भएकाे जिल्ला मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !