जनकपुरधाम, वैशाख २६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशी विरुद्ध विभेद सहित विकास र अधिकार प्राप्तिको लागि आन्दोलन सहित निर्वाचनमा होमिएको बताएका छन ।
सोमवार जनकपुरधाममा लोसपाद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने हाम्रो पार्टी आउंदो स्थानीय तहको निर्वाचनमा स्थानीय विकास र मधेश विरुद्ध जारी विभेद तथा अधिकार प्राप्तिका सहित अघि बढेको छ ।
उनले देशमा संघीयता आएपनि शासन प्रशासनको अधिकार केन्द्रमै सिमित रहेकोले ती अधिकारलाई संविधान बमोजिम स्थानीय र प्रदेशमा हस्तान्तरण र नागरिकता सहित मधेश आन्दोलनमा उठेका तथा पटक पटक सम्झौता भएका मुद्दा संस्थागत गर्न आफूहरु निर्वाचनमा भाग लिएकोले आफ्ना पार्टीलाई जिताउन आवश्यक रहेको भने ।
अध्यक्ष ठाकुरले गठबन्धन घटक दलका नेताहरु मधेशमा आएर नागरिकता समस्या समाधान आफूहरुले नै गर्ने भन्दै आएका छन । तर वास्तवमा मधेशीलाई नागरिकताविहिन बनाउने ती गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र आफूलाई मधेश भन्ने जनता समाजवादी पार्टी नेपाल रहेको आरोप लगाए ।
उनले प्रष्टयाउंदै भने हाम्रो कुनै लिखित सम्झौता नभएपनि विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता समस्या समाधानका लागि राष्ट्रपतिसँग मिलेर अध्यादेश ल्याउन खोज्दा यही गठबन्धन दलका नेताहरुले सर्वोच्चमा उजुरी दिएर खारिज गराएर आफ्नो ठूलो जीत भएको भनी छाती चौडा गरेका थिए, तर आज चुनावको बेला मधेशीलाई ठग्न भन्छन मधेशीको नागरिकता समस्या आफूहरुले समाधान गर्नेछु ।
अध्यक्ष ठाकुर देशको न्याय र शासन प्रशासन प्रति प्रश्न उठाउंदै भने गोली ठोकेर हजारौ नेपाली जनतालाई मारेर आन्दोलन गर्नेहरु प्रधानमन्त्री बनेर अहिलेपनि सरकारमा छन । तर अधिकारका लागि शान्तिपुर्ण आन्दोलन गर्ने दर्जनौ मधेशीलाई गोली हानेर शहीद बनाइयो, अहिलेपनि दर्जनौमाथि झुठा मुद्दा लगाएर जेलमा हालेका छन, यस्तो छ हाम्रो देशको शासन न्याय प्रणाली ।
उनले जबसम्म देशको राजनीतिक अवस्था स्थिर हुदैन देशमा मधेशीले अधिकार पाउने छैन र अधिकार प्राप्तिको हाम्रो आन्दोलन जारी नै रहनेछ । स्थानीय तहको निर्वाचनमा लोसपालाई जिताए आन्दोलनलाई अझ शसक्त बनाएर मधेशीलाई सेवाका साथै अधिकार सम्पन्न बनाउन सकिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !