जनकपुरधाम, वैशाख १८ गते । यही वैशाख ३० गते हुने दोश्रो स्थानीय तहको निर्वाचन तयारी स्वरुप घरदैलो कार्यक्रमलाई लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषाका हंसपुर नगरपालिका मेयरका उम्मेदवार रामज्ञान मण्डल तिव्र पारेका छन ।
निर्वतमान मेयर समेत रहेका मण्डलले आइतवार हंसपुर नगरपालिकाको वडा नम्बर १ भगवानपट्टी र ननुपट्टीमा घरदैलो कार्यक्रम गरेका छन । घरदैलोको क्रममा उनले स्थानीय जनतासँग दुखसुखका साटासाट गर्दै नगरपालिकालाई विकासको रुपमा नमूना नगरपालिका बनाउने प्रतिबद्धता समेत गरेका छन ।
मण्डल पुनः मेयरमा उम्मेदवारी दिंदा हंसपुर नगरपालिका १ का स्थानीय निकै हर्सित छन । उनीहरु हंसपुर नगरपालिकामा अझै विकास हुने र स्थानीयको जीवनस्तर उक्सान सहज हुने विश्वास लिएका छन । प्रत्येक स्थानीयको घर घरमा गई बुढापाकाबाट आर्शिवाद थाप्नुका साथै युवासाथीहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नितीगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन ।
ननुपट्टीका शत्रुध्न मुखियाले भने रामज्ञान मण्डल मेयर बनेपछि नगरपालिकामा बाटोघाटो, सिचाई, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार नभएपनि धेरै विकास भएको छ । उनले भने मेयर रहेको बेला विकास मात्रै होइन जनताको हरेक सुखदुखमा साथ दिएका छन, हामीलाई यस्तै मेयर चाहिएकोले उहाँ फेरी नगरपालिकाको नेतृत्व लिन अघि बढनु भएकोमा आफूहरु निकै खुशी छु र जिताउने प्रयास पनि गर्नेछु ।
घरदैलोको क्रममा निवर्तमान मेयर मण्डलले अब नगरपालिकामा टुक्रे योजना होइन, अर्थोपार्जनका नितीगत दिर्घकालिन विकासका योजनाहरु अघि बढाउनेछु । उनले भने पछिल्लो कार्यकाल गर्न नसकिएका वैदेशिक रोजगारमा जानेहरुलाई आवश्क सीपको व्यवस्था, नगर बसको व्यवस्था, कृषि भण्डार सहितको आधुनिक बजारको व्यवस्था गर्नेछु ।
यसका साथै प्रत्येक वडामा चौबिसो घण्टा सेवा दिने गरी सुविधायुक्त स्वास्थ्य चौकी र एउटा कम्तिमा एक सय बेडको अस्पताल निर्माण, विपन्न, गरीब दलितको रोजगार तथा सहुलियत ऋणको व्यवस्था र उनीहरुको बालबालिकाको छात्रवृतिमा उच्च शिक्षासम्मको अध्यापनको व्यवस्था लगायतका थुप्रै योजनाहरु लिएर अघि बढेको छ ।
घरदैलो कार्यक्रममा उनी सँगै सयौं नेता कार्यकर्ता तथा स्थानीयवासीहरु संगै घुमेका थिए । वडा नम्बर १ को ननुपट्टी र भगवानपट्टीक साथै वडा नम्बर ३ का केही टोलमा समेत घरदैलो कार्यक्रम गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !