जनकपुरधाम, १० बैशाख । स्वतन्त्रबाट भारी मतले पछिल्लाे निर्वाचन जितेका जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका गरेका छन ।
उपमहानगरपालिका वडा नम्बर–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) शनिवार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले फुलमाला अबीर लगाएर पार्टी प्रवेश गराएका हुन् । केही दिन अघि एमाले प्रवेश गरेका साह आफ्ना समर्थकहरुसहित एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै साहले आफू दवावमा आएर केही दिनअघि एमाले प्रवेश गरेकाे थिए तर साथीभाईकाे मायाले मलाई पुनः आफ्नो पूरानो घरमा फर्काएकाे छ ।

उनले भने, ‘कांग्रेसलाई सवल र एकजुट भई अगाडि बढाउने उद्देश्यका साथ म पुनः आफ्नो पूरानो घरमा फर्किएको छु, अब यसलाई निरन्तरता दिनेछु । पार्टीले मलाई पुनः वडा नम्बर २ कै जिम्वेवारी सम्हाल्न उम्मेदवारकाे टिकट दिनेछ । आफू जितेपछि पछिल्लाे कार्यकालभन्दा पनि राम्राे काम जनताकाे लागि गरेर संगठन अझै मजबूत पार्नेछु ।
पार्टी प्रवेश समाराेहलाई सम्बाेधन गर्दै जिल्ला सभापति योगेन्द्र पजियारले आसन्न स्थानिय तह निर्वाचनमा वडा नम्बर २ मा साहलाई उम्मेद्वार बनाउने प्रतिबद्धता जनाउंदै उपमहानगरपालिकामा उपमेयरसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवारहरु जित्ने दाबी गरे ।
उनले आगामी दिनमा नेपाली कांग्रेसकै नेतृत्वमा पुनः सरकार निर्माण हुनेसमेत उनले दाबी गरे । साहलाई पार्टी प्रवेश गराउन कांग्रेसका क्षेत्रिय सभापति, जिल्ला सभापति, नगर उपसभापति लगायतका नेताहरुले पहल गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !