जनकपुरधाम, वैशाख १ । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाबाट मेयर उम्मेदवारी दिने एक वडाध्यक्षले गरेका छन ।
बिहीवार उम्मेदवारी घोषणा सभा आयोजना गरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले नगरको समग्र विकासका लागि आगामी निर्वाचनमा मेयर पदमा चुनाव लड्ने घोषणा गरेका हुन ।
जनकपुरधाममा एकैपटक पाँच ठाउँमा आफ्नो सम्पर्क कार्यालयको उद्घाटन समेत साहले गरेका छन । सभालाई सम्बोधन गर्दै साहले भने ‘जनकपुरधामको समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ़ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति राखेर आफू अघि बढेको हो ।
साहले आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे । उनले भने ‘म हावादरी कुरा गर्दिन जनकपुरधामलाई पाँच वर्षमा स्वर्ग बनाई दिन्छु तर नगरवासीले देखेको सपना स्मार्ट सिटी बनाउन आफ्नो सम्पूर्ण अनुभव र शक्ति लगाउनेछु ।
उनले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे । साहले गत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माण लगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे ।
जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसकेपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोप समेत लगाए । नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !