जनकपुरधाम, चैत २७ गते । श्रीमज्जगद् गुरु शंकराचार्य निश्चलानन्दले नेपाललाई हिन्दु राष्ट्र हुनुपर्नेमा कसैले पनि राेक्न सक्दैन ताएका छन ।
जानकी मन्दिरमा आयोजित हिन्दु सम्मेलनमा उपस्थित शंकराचार्य निश्चालानन्दले राजनितिक दलहरूलाई इगित गर्दै भने नेपाल हिन्दु राष्ट्र थियो र यसलाई हिन्द राष्ट्र गर्नैपर्छ र यसमा कुनैपनि नेताले रोक्न सक्दैन ।
प्रमुख अतिथिको आसनबाट उनले भने नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहन सक्छ, यी दुई देशको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ ‘मलाई कुनै नेताको आवश्यक्ता छैन, नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ म घोषणा गर्छु ।’

पछिल्लो समयमा चीनको षडयन्त्रमा फंसेर यहाँका केही नेताहरुले सनातनदेखि रहेको हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो । नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरुपता रहेको एकतालाई कायम राख्न पछिल्लो समय चीनले गर्दै षडयन्त्रबाट बच्न आवश्यक रहेको तर्फ उनले सचेत गराए ।
शंकराचार्य निश्चलानन्दले भने ‘नेपाल भारतको सांस्कृतिक धरातल एउटै छ, खासगरी दुई देश बिचको भाग अर्थात मिथिलाञ्चल क्षेत्र तर चिनको षडयन्त्रमा नेपालमा नफसोस, यदि फंसे भने मिथिलाञ्चलको अस्तित्व नै समाप्त हुनेछ । साथै उनले नेपाल र भारत दूबै देशले आफूलाई हिन्दु राष्ट्र कायम गरयो भने एक वर्ष भित्रै विश्वका १५वटा देश आफू हिन्दु राष्ट्र बनाई दिने दाबी गरे ।
आफ्नो मन्तव्यको क्रममा उनले नेपालका राजनीतिज्ञहरुलाई चेताएका छन । उनले भने ‘ओलीजी, प्रचण्डजी सावधान आफ्नो पूर्वजको विषयमा ज्ञान राख्नुस, मृत्युपछि धर्मले नै साथ दिन्छ धर्म विरुद्धको वितण्डावाद र अराजकताले तपाईलाई साथ दिदैन ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !