जनकपुरधाम, चैत २७ । जनकपुरधाम टि २० क्रिकेट प्रतियाेगिता अन्तर्गत आइतबार भएको खेलमा रोयल ११ र जयनगर (भारत ) क्रिकेट टिम विजयी भएको छ ।
प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा रोयल ११ले बगेवा क्रिकेट टिमलाई एक सय रनले पराजित गर्दै विजयी भएकाे छ । रोयल ११ पहिले ब्याटिङ्ग गर्दै १८ ओभरमा १ सय ५४ रनमा बनाएकाे थियो । जवाफमा बगेवा टिम ५४ रनमै सिमित भएकाे थियो ।

रोयल ११का लागि सुयोग प्रजापतिले अविजित ९९ रनको पारी खेलेका थिए । उनलाई खेलको म्यान अफ दि मैच घोषित गरिएको थियो ।
दोश्रो चरणकाे खेलमा जयनगर टिमले उमगाँव टिमलाई २६ रनले पराजित गरेको छ । जयनगरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको उमगाँव टिम मात्र १ सय ४० रनमा समेटिएको थियो ।
उमगाउंलाई सस्तैमा समेट्न जयनगरका प्रभाषचंद्रले ४ विकेट लिन सफल भएका थिए । उनी खेलको म्यान अप दि मैच घोषित भए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !