जनकपुरधाम, चैत २३ ।धनुषामा गोली तथा चाकु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ लोहाफोर स्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय महराको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
स्थानीयहरुले शव देखेपछि विहान करिब ११ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेका थिए ।
धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताएका छन । उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडी ढाड भागमा चक्कुले प्रहार गरेको जस्तो घाउ देखिएको छ ।
शवको मुचुल्का बनाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !