जनकपुरधाम, चैत २१ गते । मधेश प्रदेशमा स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच समीक्षा गर्ने निर्णय भएको छ ।
जनकपुरधाममा गठबन्धनको तालमेल गर्न सम्पन्न प्रदेशस्तरीय बैठकबाट प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले बैठकले जानकारी दिएका छन ।
बैठक बारे जानकारी दिदै भने प्रत्येक जिल्लामा यसको कांग्रेसले समन्वय गर्ने गरी गठबन्धन दलको बैठक बसेर प्रत्येक जिल्लाको पालिकाको अवस्थाबारे समीक्षा गरेर प्रतिवेदन पेश गर्न सबै जिल्लामा पत्राचार गरिएको छ ।

सभापति यादवले भने जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर मंगलबार २२ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन सहितका पत्राचार नै गरिएको छ, प्रतिवेदन आइसकेपछि त्यसमा थप छलफल गरी अघि बढनेछौं ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता योगकुमार बरबरियाले गठबन्धन भित्रका पार्टीहरुको वर्तमान अवस्था के छ भन्ने तथ्यांक संलकन गर्ने र गठबन्धनलाई चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको बैठकको निर्णय बारे जानकारी दिएका छन ।
तथ्यांक संकलन भए पश्चात केन्द्रमा पठाउने र केन्द्रबाटै तालमेलको विषयमा निर्णय हुने उनले बताए । बैठकमा सबै दलका प्रतिनिधिले गठबन्धन र चुनावी तालमेलको विषयमा धारणा राखेका थिए । सबै सकरात्मक देखिएकाले तालमेलको सम्भावना प्रवल रहेको उनले बताए ।
जनकपुरधामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !