जनकपुरधाम, चैत २० गते । हिरालाल यादवकाे अध्यक्षतामा राष्ट्रिय श्रमिक संघ नेपाल नयां कार्यसमिति चयन गरिएकाे छ ।
चैत १८ र १९ गते संघकाे जनकपुरधाममा सम्पन्न दुई दिने अधिवेशनबाट सर्वसम्मतिले हिरालाल यादवकाे नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएकाे हाे ।
बन्द सत्रबाट संघकाे उपाध्यक्षहरूमा लक्ष्मी भट्ट, गाेविन्द पाैडेल, राधा कायस्थ, महासचिवमा गाेपाल यादव, सचिवमा सन्ताेष कुमार कर्ण, अजय माैर्या र काेषाध्यक्षमा सिताराम अग्रवाललाई चयन गरिएकाे महासिचव गाेपाल यादवले जनाएकाे छ ।
साे महाधिवेशनमा संघ संग आबद्ध विभिन्न ११ वटा संग संगठनका करीब तीन सय प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।

दुई दिने महाधिवेशनकाे उद्घाटन सत्र राष्ट्रिय समस्या आयोग नेपालका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाकाे प्रमुख आतिथ्य र भारतीय मजदूर संघका महामन्त्री विनयकुमार सिन्हाको विशिष्ट आतिथ्यमा शुक्रवार सम्पन्न भएकाे थियाे ।
राष्ट्रिय श्रमिक संघ पुर्ण गैरराजनीतिक श्रमिकहरुको हकहितका साथै राष्ट्रहित र उद्योग हितमा काम गर्ने संस्था हाे । पहिला राष्ट्र अनि त्यसपछि केही हुन सक्ने कुराकाे मनन गर्दै राष्ट्र बनाउने र उद्योग कलकारखानाको मालिकको चाकरी नगरी काम गर्ने उद्योग र श्रमिकको हकहितमा काम गत ७ वर्षदेखि काम गर्दै आएकाे छ ।

देशमा औद्योगिकरण उद्योगमा श्रमिकीकरण र श्रमिकको राष्ट्रियकरणको उद्देश्य लिएर देशमा जनसंगठन स्वतन्त्र अर्थात गैर राजनीतिक जनसंगठन र शक्तिशाली जनसंगठन स्थापना गरेर देशको सत्तामा रहेका सरकारलाई देश र जनता (किसान मजदूर) को हितमा काम गर्न राष्ट्रिय श्रमिक संघको स्थापना गरिएको हाे ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !