जनकपुरधाम । राष्ट्रिय श्रमिक संघ नेपालकाको महाधिवेशन जनकपुरधाममा हुने भएको छ । महाधिवेशनको पुर्व सन्ध्यामा संघले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव गोपाल यादवले चैत १८ र १९ गते हुने दुई दिने महाधिवेशनमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय समस्या आयोग नेपालका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र विशिष्ट अतिथिमा भारतीय मजदूर संघका महामन्त्री विनयकुमार सिन्हाको उपस्थिति रहने जानकारी दिए ।
जनकपुरधाम स्थित मारवाडी सेवा समितिमा आयोजना हुने महाधिवेशनमा संघसँग आबद्ध विभिन्न १२ वटा संघ संगठनका करीब दुई सय प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए ।
सो महाधिवेशनबाट संघको नयाँ नेतृत्व समेत लोकतान्त्रिक प्रक्रियाबाट सर्वसम्मतिबाट चयन गरिने उनले बताए । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र र दोश्रो दिन बन्द सत्र आयोजना हुनेछ जसबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
राष्ट्रिय श्रमिक संघ पुर्ण गैरराजनीतिक संगठन रहेको छ । ती संगठनले श्रमिकहरुको हकहितका साथै राष्ट्रहित र उद्योग हितमा समेत काम गर्दै आएको छ । महासचिव यादवले भने पहिला राष्ट्र अनि त्यसपछि केही हुन सक्ने भएको हुनाले त्यसैलाई मनन गर्दै राष्ट्र बनाउने र उद्योग कलकारखानाको मालिकको चाकरी नगरी हामीले काम गर्ने उद्योग र श्रमिकको हकहितमा गत ७ वर्षदेखि काम गर्दै आएको छु ।
उनले देशमा औद्योगिकरण उद्योगमा श्रमिकीकरण र श्रमिकको राष्ट्रियकरणको उद्देश्य लिएर देशमा जनसंगठन स्वतन्त्र अर्थात गैर राजनीतिक जनसंगठन र शक्तिशाली जनसंगठन स्थापना गरेर देशको सत्तामा रहेका सरकारलाई देश र जनता (किसान मजदूर) को हितमा काम गर्न गराउनका लागि राष्ट्रिय श्रमिक संघको स्थापना गरिएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !