जनकपुरधाम, चैत १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना चुरे अभियानिलाई प्रहरीले पक्राउ गरेका छन ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न खोज्ने २७ महिला र १२ पुरूष गरि ३९ जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।
अभियानीहरुले चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर र सिरहा जिल्लाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।
मुख्यमन्त्री कार्यालय घेराउ गर्न अघि ती अभियानीहरु रेलवे स्टेशनबाट जुलुस समेत ेप्रदर्शन गरेको थियो । नगरको विभिन्न भागमा नारा जुलुस विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेले भन्नु भयो तपाईहरुको माग हामी सम्बन्धित ठाउँमा पुरयाउने छौं, माग पुरा नभए तपाईहरु आन्दोलन गर्नु हामी सुरक्षा दिन्छौं, तर आन्दोलनको नाममा कसैलाई दुख दिने काम भयो भने कारवाही गर्नेछौं ।
अभियानका संयोजक सुनिल कुमार यादवले चुरे वन विनास र सिरहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेशका भुमीहिनहरुलाई भुमिको अधिकार दिनुपर्ने पटक पटक गरेको प्रतिवद्धता प्रदेश सरकारले कार्यान्वयन नगगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेका बताए ।
उनले यसअघि नौ दिने आमरण अनसनको क्रममा हामीलाई प्रदेश सरकार भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवको अगुवाईमा छानवीन समिति गठन गरेर एक महिना भित्र छानवीन प्रतिवेदन सार्वजनिक गर्ने गरिएको सहमतिको ६ महिना बितिसक्दा पनि छानवीन प्रतिवेदन सार्वजनिक गर्न नसक्नु मधेश सरकारको असफलता रहेको भने ।
संयोजक यादवले भने पटक पटक शान्तिपुर्ण आन्दोलन गर्ने देखि लिएर आमरण अनसन समेत गरिसक्यौ तर आफूहरुको माग प्रति प्रदेश सरकार प्रतिबद्धता गरेर पनि गम्भीर नभएको कारण बाध्य भएर मुख्यमन्त्री कार्यालय घेराउ गर्नु परेको हो । मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबिच झडपसमेत भएको थियो ।
निषेधित क्षेत्रमा जुलुस, बन्द, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !