जनकपुरधाम, चैत १३ गते । चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध गर्दै जनकपुरधाममा जलाइएकाे छ ।
आइतवार जनकपुरधामकाे जनक चाैकमा राष्ट्रिय एकता अभियानका कार्यकर्ताहरूले साे सम्झाैताकाे खारेजीको माग गर्दै विराेध प्रदर्शन गर्दै जलाएका हुन ।
उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो यसलाई बन्द गर, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ गाे ब्याक चाईना लगायतका नारा लगाउंदै नगरमा रैली सहित प्रदर्शन समेत गरेका छन ।
जनकपुरधाम संयोजक मनीष हिन्दू र धनुषा जिल्ला सदस्य जय कुमार यादवको नेतृत्वमा रहेका प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौताकाे प्रतिलिपी समेत आगो लगाएर जलाएका छन् ।
रेलको नाममा चिन्याली सेनाको बिस्तार बंद गर,अघोषित नाकाबंदी खुल्ला गर, नेपाली विधार्थीहरुको पढ़ाई सुचारु गर,पोखरा एयरपोर्टमा भएको भ्रष्टाचारको छानवीन गर जस्ता नारा समेत प्रदर्शनकारीहरूले लगाएको थियो।
अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाएका छन ।
गत दुई दिनअघि चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नेपाल सरकारसंग नौ बुँदे सम्झौता गरेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !