जनकपुरधाम । मधेशका स्थानीय तहहरूमा भ्रष्टाचारकाे मूल जड प्रशासकीय अधिकृतकाे सरूवा र निमित भरमा चलाउने रहेकाे एक अध्ययनले देखाएकाे छ ।
नेपाल मधेश फाउण्डेशनले मधेश प्रदेशकाे अवस्था बारे प्रकाशन गर्न लागेकाे कन्टेस्ट एनालाइसिस नामक पुस्तकका लागि गरिएकाे अध्ययनमा यस्ताे देखिएकाे दाबी गरिएकाे छ ।
अध्ययनबाट देखिएका कुरा पुस्तकमा समावेश गरिएकाे र थप सुझावका आयाेजना गरिएकाे साे कार्यक्रममा फाउण्डेशनका तुलानारायण साहले भने मधेश प्रदेशका स्थानीय तहमा भ्रष्टाचार बढनुकाे प्रमुख कारण पालिका प्रमुखकाे हिसाबले काम नगर्ने अधिकृतलाई सरूवा गराई दिने र निमितकाे संचालन गर्नु पुसतकका लागि गरिएकाे अनुसन्धानमा देखिएकाे हाे ।
साहले भने कर्मचारी सरूवा र निमितकाे अधिकार दिने संघकाे सम्बन्धित मन्त्रालयमा दुईवटा गुट काम गरिरहेकाे छ, जसले सरूवाका लागि ५ लाख र निमित अधिकार दिन १० लाख रूपैया लिएर चलखेल गर्दै आएका छन ।
स्थानीय तहमा कैरियर बनाउने युवा पुस्ताका अधिकार प्राप्त र अवकाश प्राप्त हुने अवस्थाका निमित सहितका दुई खाले प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै आएका छन । ती मध्ये निमित अधिकृतले जसरी भएपनि पैसा कमाउने दाउमा पालिका प्रमुखकाे अनुसार काम सम्पादन गर्दै आएकाे अध्ययनमा देखिएकाे उनले बताए ।
प्रदेश सरकारमा पनि उस्ता उस्तै अवस्था रहेकाे साहले दाबी गरे । उनले भने प्रदेश सरकारमा सचिवकाे कमाण्ड संघ सरकारमै निहित रहेकाे मन्त्रीलाई नटेर्ने र मन्त्री अनुकुल काम नगर्नेलाई टिक्नै नदिने अवस्था रहेकाेले भ्रष्टाचार बढेकाे हाे ।
साे पुस्तकमा मधेश प्रदेशलाई सीमा नजिक, राजमार्ग र बीचकाे क्षेत्र सहित तीन भागमा विभाजन गरि राजनीतिक, सामाजिक र शासन व्यवस्था बारे अध्ययन सहितकाे प्रतिवेदन राखिएकाे छ ।
जातीय समुदाय आधारले संघ, प्रदेश र स्थानीय सहित तीनवटै तहकाे नीति निर्माणमा राजनितिक पहुंच र शासन व्यवस्थामा सहभागिता बारे विस्तारमा तथ्यांक सहित पुस्तकमा समावेश गरिएकाे छ ।
पुस्तकमा जनसंख्याकाे विभिन्न जातजातिलाई यादव, मुस्लिम, पहाडी, उच्चजात, वैश्य, मधेशी दलित, डिक्का र अन्य सहित ८ वटा क्लस्टरमा छुटयाइएकाे । यी मध्ये कम जनसंख्या भएकाले बढी र बढी जनसंख्या भएका जातले तीनवटै तहकाे नीति निर्माणमा राजनितिक पहुंच र शासन व्यवस्थामा बढी स्थान अगाेटेका छन ।
कार्यक्रममा मधेश प्रदेश नीति तथा याेजना आयाेगका उपाध्यक्ष भाेगेन्द्र झा, प्रदेश सभा सदस्यहरू सरस्वती चाैधरी, विदेश्वर यादव, जयनुल राईन, मञ्जु यादव र चमेली देवी दासकाे उपस्थिति रहेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !