जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय सुजित मिश्र र संतोष ठाकुरको अगुवाईमा गाउँपालिकाकाे वडा नम्बर २ मा सम्पन्न साे स्वास्थ्य शिविरमा ४६७ जनाले स्वास्थ्य चेकजांच गराएका छन ।
जनकपुरधामस्थित नवजिवन हस्पिटलको सहयोगमा परबाहास्थित श्री शिव शक्ति आधुनिक विद्यालयमा आयोजित साे शिविरमा चेकजांच गराएकाहरूलाई आैषधि समेत दिइएकाे जनाइएकाे छ ।
साे स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति राेग, बालराेग, दमराेग, सर्जरी, फिजियाेथेरापी, नाक, कान, घाँटी, अनुहारकाे दाग, मासु पलाएकाे, बिपी, सुगर, छातीराेग र पुराना घाउ राेगकाे चेकजांच सहित ईसीजी सेवा समेत दिइएकाे थियाे ।
शिविरमा वरिष्ठ फिजिसियन डा.महेश महासेठ, जेनरल फिजिसियन डा.धर्मेश वर्मा, डेन्टल सर्जन डा.ऋषिकेश प्रताप साह, बाल रोग विशेषज्ञ डा. वैद्यनाथ ठाकुर, एम.डी. इमरजेन्सी मेडिसिन डा.शरद यादव, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जयनाथ साह, जेनरल सर्जन डा.रोविन प्रताप साह, क्यान्सर रोग विशेषज्ञ डा.अवधेश कुमार साह, फिजियोथेरापी डा.कुशेश्वर यादवलगायतकाहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
सो अवसरमा औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले चिकित्सकहरुलाई सम्मान समेत गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !