जनकपुरधाम । मधेश प्रदेश सांसद मञ्जु यादवले प्रदेश सरकार प्रदेश सभाप्रति गम्भीर नरहेको भन्दै त्यसलाई विघटन गर्न माग गरेकी छिन ।
चार पटक स्थगित हुँदै शुक्रवार बसेको प्रदेश सभा बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि आपति जनाउंदै सांसद यादवले विघटन गर्न माग गरिन । उनले भनिन् विश्वभरि संसद सम्बन्धित सरकारका मन्त्रीको उपस्थितिमा संचालन हुनुपर्ने अभ्यास छ तर यहाँका सरकारका मन्त्री गम्भीर नभएको यसको कुनै औचित्य नरहेकोले विघटन गर दिंदा नै हुन्छ ।
सांसद यादवले हाउसमा हाम्रो कुरा सुन्ने मन्त्रीहरु नै उपस्थित नभई आफ्नो जागिरमै व्यस्त रहने छ भने हामीले बोलेको कुराको के औचित्य प्रतिप्रश्न गरिन । उनले भनिन हाम्रो पार्टीका संसदीय दलका नेता पनि मन्त्री भई जागिरमा व्यस्त छन, सुरुमै पार्टी भित्र सरकारमा नजान भनेका थियौं तर सुनुवाई भएन, अब सभामुखले गम्भीर हुनुपरयो ।
उनले भनिन्, ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ ।’ दुई महिनापछि बसेको प्रदेश सभाको बैठकमा मन्त्रीहरु पर्साको ठोरीमा मन्त्रिपरिषदको बैठकमा गएपछि अनुपस्थित भएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !