जनकपुरधाा । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री विरूद्ध उनकाे आफ्नै पार्टीका नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले उजुरी दिएकी छन् ।
रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगी शपथ खुवाएको भन्दै झाले पार्टीमै उजुरी दिएकी छिन ।
उनले उजुरीमा भनेकी छिन ‘ अधिवेशन हल सम्पुर्णले गरेकाे विराेध र असहमतिका बावजुद हलले अनुमोदन नै नगरेको पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दछु ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरि लेखिएकाे उनको साे पत्रमा तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु भनिएकाे छ ।
साथै नेतृ झाले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको दाबी गर्दै मधेश प्रदेश समितिले आफ्नाे राजनीतिक प्रतिवेदनमा उल्लेख गरेकाे रौतहट जिल्लाकाे अधिवेशन सम्पन्न भन्ने कुरा सच्यायन मांग गरेकी छिन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !