जनकपुरधाम । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय दल सहित ३२ वटा दल दर्ता भएको छ ।
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको कार्यालयले जिल्लाहरुमा समेत दल दर्ता गराउनुपर्ने गरेको निर्णय अनुसार धनुषामा समेत दलहरुले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।
आयोगले दिएको समयसीमा चैत ६ गतेसम्म ६ वटा राष्ट्रिय दल सहित २६ वटा अन्य राजनीतिक दलले आ आफ्नो दल दर्ता गराएको र तिनीहरुले आ आफ्नै चुनाव चिन्ह पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले बताएका छन ।
उनले भने, हुनत पहिला नै केन्द्रिय कार्यालयमा दलहरुले आ आफ्ना दल दर्ता गराइसकेका छन । तर ‘मतपत्र छाप्न र निर्वाचन प्रक्रिया सजिलो होस भन्ने उद्देश्यले जिल्ला जिल्लामा समेत दल दर्ता गरिएको हो ।

निर्वाचन आयोगले केही दिनअघि नै आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । चैत १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । निर्वाचन आयोगले धनुषाका हरेक पालिकामा केही दिनभित्र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउने सूचना अधिकारी राउतले जानकारी दिए ।
उनले भने निर्वाचनको तयारी स्वरुप जिल्लामा मतदाता शिक्षाको कार्यक्रम र नमूना मतदान कार्यक्रम चाँडै नै गरिनेछ । मतदाता शिक्षाका लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयंसेवकहरू खटाइनेछ ।
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता खुलाएकोमा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता प्रक्रिया अपनाइएको हो ।
स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दलले आयोगले उपलब्ध गराएको चुनाव चिन्ह प्रयोग गर्न पाउने निर्णय गरेको थियो । तरपछि जिल्ला जिल्लामा चुनाव चिन्ह व्यवस्थापन गर्न समयावधि कम भएको कारण समस्या हुने सक्ने कुराको मध्यनजर गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका अन्य दलहरुले पनि आ आफ्नै चुनाव चिन्ह प्रयोग गर्न पाउने निर्णय आयोगले गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !