Friday, November 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिला परिक्रमाको परम्परा र महत्व


मिथिला परिक्रमाको परम्परा र महत्व

जनकपुरधाम । प्राचीन मिथिलाको ‘महाकुम्भ’ मानिने १५ दिने मिथिला मध्यमा शुक्रवार अन्तगृह परिक्रमा गरी सम्पन्न भएको छ ।

नेपालकै सबैभन्दा लामो पदयात्रा रुपमा रहेको मिथिला मध्यमा परिक्रमा नेपालका र भारतका १५ वटा धार्मिक स्थलहरुको भ्रमण गर्दै अन्तिम दिन जनकपुरधाम नगरको वृताकारमा परिक्रमा गर्दै सम्पन्न भएको हो ।

नेपालका ११ र भारतका ४ वटा धार्मिक स्थलको १५ दिनको यात्रा अवधिमा लाखौ श्रद्धालुहरु भगवान श्रीरामजानकी डोला सँगै नेपालका १ सय १६ र भारतको १७ किलोमीटर सहित जनकपुरधामको १५ किलोमीटरको पैदल यात्रा गरेका छन । यात्रा अवधिमा श्रद्धालुहरुले धनुषाका ६, महोत्तरीको ५ र भारतको ४ वटा धार्मिक स्थलको भ्रमण गरेका हुन ।

फागुन औँसीका दिन फागुन १९ गतेबाट धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम) को डोला सहित शुरु भएको मध्यमा परिक्रमा बिहीवार अन्तिम पडावको रुपमा जनकपुरधाम पुगेर शुक्रवार अन्तगृह परिक्रमा गरेका छन । सो परिक्रमा सँगै सियाराघव शरण मठबाट माता जानकीको डोला समेत भ्रमण गरेका छन ।

भगवान श्रीरामजानकीको डोलासँगै मिथिलाका मध्यम भागमा पर्ने धार्मिक स्थलहरुको परिक्रमा गर्दा परिवारमा सुख, शान्ति, समृद्धि आउने, मोक्षको प्राप्ति र आरोग्यदायक रहेको जनविश्वास रहेको छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् विवाह उत्सव हेर्न नपाएका मिथिलावासीलाई विदाई अघि मिथिलाका मध्यभागका क्षेत्रहरुमा भगवान श्रीराम जानकीलाई भ्रमण गराइएको थियो ।

सोही स्मरणमा परापुर्वकाल देखि मिथिलाञ्चलमा मध्यमा परिक्रमा प्रत्येक वर्ष गरिदैं आएको छ । सो परिक्रमा नेपाल भारतका लाखौ श्रद्धालुहरु १५ दिनको गास, बास र कपास बोकेर श्रद्धालुहरु मिथिलाका मध्यभागमा पर्ने नेपाल भारतका १५ वटा धार्मिक स्थलको भगवान श्रीरामजानकीको डोलासँगै परिक्रमा गर्दै आएको जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन । उनले भने परिक्रमामा सहभागी हुँदा धार्मिक लाभका साथै १५ दिनसम्म पैदल यात्रा गर्दा स्वास्थ्य लाभ भएकाले आरोग्यदायक रहेको छ । मध्यमा परिक्रमा कहिलेदेखि शुरु भएको यकिन तिथिमिति नभएपनि १८ औँ शताब्दीदेखि प्रारम्भ भएको मानिदै आएको छ ।

मिथिला महात्ममा मिथिलामा बृहत् , मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको चर्चा रहेको छ । जनकपुरधाममा हुने अन्तगृह परिक्रमालाई पंचकोस दुरीमा परिक्रमा गर्ने भएको हुनाले यसलाई पंचकोशी परिक्रमा भनिदै आएको छ ।
प्राचीन मिथिलाका हरिहरक्षेत्र, कोशी नदीसहितका सबै क्षेत्रको गरिने परिक्रमालाई वृहत परिक्रमा रहेको छ । फागुन औँसीदेखि पूर्णिमासम्मको मिथिला क्षेत्रको मध्यभागका परिक्रमालाई मध्यमा परिक्रमा भनिदै आएको छ । वृहत वा मध्यमा कुनैपनि परिक्रमा गर्दा अन्तगृह परिक्रमा नगरेसम्म सफल नहुने धार्मिक मान्यता रहेको कारण यी परिक्रमा सहभागीहरु पनि अन्तगृह परिक्रमा सहभागी हुँदै आएका छन ।

मिथिला क्षेत्रमा परिक्रमा सम्पन्न पश्चात मात्र होली मनाउने परम्परा रहेको छ । सो मान्यता अनुरुप एक दिनपछि फागु पुर्णिमा पश्चात होली मनाइदै आएको छ । सो मान्यता अनुरुप जनकपुरधाम सहित मिथिला क्षेत्रमा शनिवार होली मनाइनेछ ।
परिक्रमाको हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भन्ने गरिन्छ । प्रदक्षिणा अति प्राचीन परम्परा हो । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । परिक्रमा भन्नाले कुनै क्षेत्रको वृताकार भ्रमण हो । सामान्य अर्थमा परिक्रमा भनेको कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । धार्मिक ग्रन्थहरुमा मात्र दुईवटा परिक्रमाको चर्चा छ ।

सत्ययुगमा भगवान शिवलाई उनका छोरा गणेशले परिक्रमा गरेको तथा त्रेतायुगमा भगवान श्रीरामजानकीलाई मिथिला नगरको परिक्रमा गराइको उल्लेख छ । शिवपुराणमा उल्लेख भए अनुसार को सबभन्दा कम समयमा ब्रम्हाण्डको भ्रमण गर्न सक्छन भन्ने कैलाशपुरीमा देवी देवताहरुबीच प्रतिष्पर्धामा भववान शिवका छोरा गणेशले आफ्ना आमाबुवालाई ब्रम्हाण्ड मानेर तीन पटक परिक्रमा गरे विजेता बनेको थियो ।

परिक्रमा बारे अर्को चर्चा मिथिला महात्ममा रहेको छ । भगवान श्रीरामजानकी बीच भएको विवाह पश्चात, विवाहोत्सव हेर्न नपाएका नगरवासीलाई दर्शन गराउन नवविवाहित जोडी श्रीरामजानकीलाई मिथिला नगरको परिक्रमा गराइएको थियो । साभार : ईकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव