जनकपुरधाम । प्रहरीले चाेरीकाे मोटरसाइकल सहित जनकपुरबाट दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहाको मिर्चैया नगरपालिका २ का २० वर्षिय अर्जुन यादव र सोही ठाउँका १९ वर्षिइ दिपेन्द्र यादव रहेको धनुषा प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्ती टोलीमा खटिएका प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ५ स्थित महावीर चौक नजिक शंका लागेपछि सोधपुछ तथा अनुसन्धान गर्दा तिनीहरु चोरीको मोटरसाइकल लगिरहेको देखिएपछि पक्राउ गरिएको जिप्रका धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिएको छ ।
अर्जुनको साथबाट प्रदेश २–०३–००९ प. २९२६ नम्बरको र दिपेन्द्रको साथबाट बा. ९६ प. ९७८० नम्बरको चोरीको मोटरसाइकल बरामद गरिएको उनले बताएका छन ।
तिनीहरुले महावीर चौककै गल्लीमा पार्किंग गरी राखिएको मोटरसाइकल चोरेर लगिरहेको थियो । आरोपितहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता बस्नेतले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !